३२ जेठ, बारा - बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आदर्शकोतवाल गाउँपालिका-२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
३२ जेठ, जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई कमजोर पारेर मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे । 'कांग्रेस जटिल मोडमा पुगेको छ । राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम छ भनेर सबैले बुझेका छन्,' उनले भने, 'लोकतन्त्र बचाउनका लागि भएपनि अब फेरि एकपटक बलियो कांग्रेस निर्माण गर्नुपर्ने बेला भएको छ ।' नेता कोइरालाले यतिबेला कांग्रेसको घर कमजोर भएको भन्दै घर छाडेका दाजुभाइहरुलाई घर फर्किएर सेवा…
३२ जेठ, काठमाडौं - नेकपा एकीकृत समाजवादी (नेकपा एस) को दशौं महाधिवशेनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले असार १६ देखि २० मा हुने महाधविशेनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिका पारित गरी संख्या विधि तय गरेको हो । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा ४२५ महिला, १५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहने उल्लेख छ । जसअनुसार भूगोलका संघीय निर्वाचन क्षेत्र १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र…
३२ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठुल्ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको दाबी गरे । ‘तीन ठूला सबस्टेसन नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,’…
३२ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दिनबितिसक्दा पनि कुनै जानकारी नदिएको भन्दै प्रश्न गरे । उनले यही बीचमा राष्ट्रपति समेत विदेश भ्रमणमा रहेक कुरा आफूहरुले पत्रिका पढेर मात्र थाहा पाएको उल्लेख गर्दै यसले संसदीय अभ्यासको उल्लंघन र अपमान भएको बताए । आगामी बैठकमा दुवै भ्रमणमबारे जानकारी गराउनका लागि प्रमुख सचेतक लेखकले सभामुखबाट रूलिङको माग गरे । 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस…