Epost Nepal

Day: २०८१ बैशाख ९, आईतवार

सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरुलाई एमालेको आग्रह

सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरुलाई एमालेको आग्रह

९ बैशाख, काठमाडौं - सत्ता साझेदार नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेको छ । पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापनका क्रममा  १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव  पारित गर्दै यस्तो आग्रह गरेको हो । मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरुलाई आहृवान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बीचमा नयाँ सत्तासमिकरण निर्माण…
Read More
विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको छ : पुष्पकमल दाहाल

विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको छ : पुष्पकमल दाहाल

९ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहमा उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए । ‘कतारका राजा अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रुपमा कुरा राखिनेछ,’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षन्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आजै बिहान कुवेतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा पनि मैले विपिनको रिहाइका लागि कतारले खेल्न सक्ने भूमिकाबारे उल्लेख गरेको छु ।’ कतारका अमिर आगामी मंगलबार नेपाल भ्रमणमा आउँदैछन्…
Read More
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अर्को मुद्दा

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अर्को मुद्दा

९ बैशाख, काठमाडौं - नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ भने त्यति नै बिगो कायम गरी साेही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरेको छ । अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानविन गरेको उल्लेख गरेको छ। त्यसमध्ये २०६२ देखि ०६५ सम्मको अवधिमा उनी सार्वजनिक पदमा थिएनन् । बाँकी अवधिमा उनी विभिन्न मितिमा सार्वजनिक पदमा बहाल थिए ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search