३० असार, काठमाडौं - प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । आफ्नो तस्बिरसहित उनले फेसबुकमा लेखेका छन्,‘सबैमा सम्मान,सबैलाई धन्यवाद !’ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’
३० असार, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री ओलीको शपथ सोमबार ११ बजे हुने तय गरिएको छ । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच…
३० असार, काठमाडौं - पेन्सिलभेनियामा चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति (नेपाली समयअनुसार आइतबार बिहान) ट्रम्पको चुनावी र्याली चलिरहेका बेला गोली चलेको हो । घटनामा र्यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन्…
२८ असार, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरुसँग छलफल गरेका थिए…
२८ असार, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानूनविद्हरुसँग छलफल गरेका थिए । संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका…
२८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएसँगै राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकार गठनका लागि परामर्श सुरु गरेका छन्। संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्री पदमुक्त भएपछि संविधानको उपधारा (२) वा (३) बमोजिम सरकार गठनको आह्वान गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग छलफल गरेका हुन् । यसक्रममा राष्ट्रपतिले परामर्शका लागि संविधानविद्हरूलाई शीतलनिवास बोलाएर छलफल गरेका छन् । छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीलगायत सहभागी थिए ।
२८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । यो संगै दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ। दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए । तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका छन् । उनको विपक्षमा १९४ मत पर्यो । मत दिन्न भन्नेमा १ मत परेको थियो । प्रतिनिधि सभामा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत…
२८ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र बहादुर शाहीले भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई इंगित गर्दै सरकार ढल्नुको गलत भाष्य बनाउने प्रयास नगर्न आग्रह गरेका हुन्। गृहमन्त्री लामिछानेले सुशासन भन्ने गरेको तर काम भने नगरेको शाहीले बताए । 'अर्कालाई आरोप लगाउँदै गर्दा आफूले ऐना हेर्ने कि !,' उनले भने, 'गृहमन्त्रीले सुशासन भन्नुभयो । म त यस्तो मान्छे हुँ, तपाईंको सरकारको प्रतिपक्षमा हुँदा पनि गृहमन्त्रीले काम गर्नुभयो भने साथ दिन्छु…
२८ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासकोे मतको प्रस्तावमाथिको छलफलमा उनले रातारात व्यपाारीको घरमा भएको दुई दलबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताए । “सहमति हुन सक्ला तर राष्ट्रिय सहमति कदापि हुन सक्दैन,” उनले भने, “एकाएक रातारात राष्ट्र र संविधानको चिन्ता कसरी भयो ? देशमा संकटकाल लागेको छ ? कतैबाट हमला भएको थियो ?” मध्यरातिमा भएको सहमतिबारे कसैलाई जानकारी नगराएकोमा उनको आपत्ति छ । उनले संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो भन्ने तथ्य सहमतिपत्र आएपछि…
२८ असार, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सुशासनसँग सम्बन्धित विषयलाई सरकारले दृढ बनेर अघि बढाएपछि सरकार ढालिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा उनले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीलगायत सुशासनसँग सम्बन्धित विषय सरकारले अघि बढाउन थालेपछि आजको अवस्था आएको बताए । उनले कांग्रेस–एमालेबीच षड्यन्त्रपूर्ण ढंगले सहमति भएको पनि बताए । उनले दुई दलबीच भएको सहमतिलाई अहिलेसम्म सार्वजनिक नगरिएको विषयमा प्रश्न पनि गरे । उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन सरकारले प्रयास गरे पनि विभिन्न अवरोध खडा गरेर पूरा हुन नसकेको बताए ।…