Epost Nepal

समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नु पर्दछ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नु पर्दछ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नु पर्दछ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

२० साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले संविधानमा उल्लेख समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । नेता कोइरालाले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्न अत्यावश्यक भएको बताए । उनले भने, 'एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरुले बनाउन सक्नुपर्‍यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरुले बुझ्न जरुरी छ ।…
Read More
इतिहासमा बोली नभइ कर्म बिक्ने: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

इतिहासमा बोली नभइ कर्म बिक्ने: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई भन्दा कामलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए । सत्तारुढ कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य शर्माले इतिहासमा बोली नभइ कर्म बिक्ने स्मरण गराए । कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको उनको जिकिर थियो । उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसद्‌मा ल्याएर पारित…
Read More
नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाई

नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाई

२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै मुलुकको नेतृत्व गर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई सबैको आस्था र निष्ठाको केन्द्र बनाउन आफू प्रतिबद्ध भएर लागेको बताए । महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने बताए । उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने भन्दै पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए । उनले भने, 'नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत…
Read More
विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङ नियुक्त

विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङ नियुक्त

२० साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिसकेको जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई  प्राधिकरणको सञ्चालक समितिका सदस्यमा शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । ‘यसअघिका दुई सदस्यलाई लिखित स्पष्टिकरण माग गरिएको थियो, उहाँहरुले स्पष्टिकरण पनि बुझाउनु भयो,’ उनले भने, ‘उहाँहरुले बुझाउनु भएको स्पष्टिकरण चित्त नबुझेपछि शुक्रबार नै मन्त्रीस्तरीय निर्णयबाट पदमुक्त गर्‍यौं । नयाँ सदस्यलाइ पनि नियुक्त गरिसक्यौं ।’ कार्की पूर्व उर्जा तथा भाैतिक सचिव हुन् ।गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका पूर्व…
Read More
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइयो

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइयो

२० साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए ।
Read More
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२० साउन, काठमाडौं - कर्णालीका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । कांग्रेसका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् । आठ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसले लिएको छ ।
Read More
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

२० साउन, काठमाडौं - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले आइतबार दिउँसो दाबी पेस गरेका हुन् । आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने  निर्णय गरेको थियो । शाहको समर्थनमा एमालेले समर्थ गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।  एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा…
Read More
आस्मा कुमारी केसी बनिन् सन् २०२४ की मिस नेपाल

आस्मा कुमारी केसी बनिन् सन् २०२४ की मिस नेपाल

१९ साउन, काठमाडौं - आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले 'मिस नेपाल वर्ल्ड'को उपाधि जितेकी हुन् । 'मिस नेपाल इन्टरनेशनल'को उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले उचालिन् ।
Read More
मनसुनजन्य विपद्‌मा परेर १५० जनाको ज्यान गयो

मनसुनजन्य विपद्‌मा परेर १५० जनाको ज्यान गयो

१९ साउन, काठमाडौं - जेठ २८ यता शनिबारसम्म बाढी, पहिरो र मनसुनजन्य विपद्‌मा परेर १५० जनाको ज्यान गएको छ भने १४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट ४ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा…
Read More
वुमन्स नेसन्स भलिबल लिगको दोस्रो ख‍ेलमा नेपालले भारतलाई हरायो

वुमन्स नेसन्स भलिबल लिगको दोस्रो ख‍ेलमा नेपालले भारतलाई हरायो

१९ साउन, काठमाडौं - नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो ख‍ेलमा नेपालले भारतलाई हराएको हो । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भारतविरुद्ध भएको खेलमा ३-२ सेटले नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । नेपालले पाँचौ सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो । यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search