Epost Nepal

पहिले प्रेम, पछि प्रहार: कारागारमै चिनिएका पूर्व हवल्दार कँडेलको हत्या

पहिले प्रेम, पछि प्रहार: कारागारमै चिनिएका पूर्व हवल्दार कँडेलको हत्या

पहिले प्रेम, पछि प्रहार: कारागारमै चिनिएका पूर्व हवल्दार कँडेलको हत्या

१९ मंसिर, काठमाडौं – यसअघि व्यक्ति हत्या मुद्दामा दोषी ठहरिएर जेल पुगेका एक व्यक्तिले छुटेपछि पुनः अर्को हत्या गरेकाे तथ्य सार्वजनिक भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन रत्ननगर नगरपालिका–६ का ४७ वर्षीय बुद्धिराम दराईलाई ४५ वर्षीया पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा पक्राउ गरेको छ। घटनाबारे सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। २०७८ चैत ३१ मा लमजुङको बेसिशहर नगरपालिका–२ भकुण्डेको एउटा घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बाहिरबाट ताला लागेको घरको ढोका फोडेर प्रवेश गर्दा पलङको बक्स मुनी त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव भेटिएको थियो। शव लुकाएर राखिएको पाइसकेपछि अनुसन्धानमा सीआईबीको टोली परिचालन भएको र…
Read More
एमालेमा प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच झडप

एमालेमा प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच झडप

१९ मंसिर, काठमाडौं − नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टीका कार्यकर्ताबीच एकअर्कामाथि हात हालाहालसम्म पुग्ने तनावपूर्ण स्थिति उत्पन्न भयो। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्य महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि व्यक्त गर्न दिउँसो च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना गुनासो सुनाइरहेका बेला अर्को समूहसँग झडप भएको हो। एमालेको महाधिवेशन उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा तय गरिएको छ र देशभरबाट प्रतिनिधि छनोट प्रक्रिया सकिएको छ। त्यसै प्रक्रियामा लोकतान्त्रिक विधि पूरा नभएको भन्दै असन्तुष्ट महासंघका नेताहरू च्यासल पुगेका थिए। भेटका क्रममा उनीहरूले डेढ वर्षसम्म प्रक्रिया मिलाइएन भन्दै कडा…
Read More
जेनजी आन्दोलनको मस्यौदा टुंग्याउन सरकार–समूहबीच मतभेद

जेनजी आन्दोलनको मस्यौदा टुंग्याउन सरकार–समूहबीच मतभेद

१८ मंसिर, काठमाडौं —  जेनजी प्रदर्शनका क्रममा ‘अपराधिक क्रियाकलाप’मा संलग्न व्यक्तिहरूका मुद्दा फिर्ता गर्नुपर्ने माग राखिएपछि सरकारका अधिकारी र जेनजी समूहबीच सोमबार तिक्तता पैदा भयो। प्रधानमन्त्री सुशीला कार्कीले मस्यौदा छिटो टुंग्याउन अधिकारीहरूलाई निर्देशन दिएपछि सुरु भएको वार्तामा आपराधिक मुद्दा र पक्राउ नगर्ने सम्बन्धी मागमा सहमति मिल्न नसकेको सरकारी पक्षले जनाएको छ। अधिकारीहरूका अनुसार कानुन विपरीत कसैलाई छुट दिन नसकिने अडानका कारण ‘नोकझोक’ भएको हो। सरकारी पक्षले संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मानकअनुसार मात्र सहमति गर्न सकिने बताउँदै केही मागहरूका लागि संविधानसमेत संशोधन गर्नुपर्ने स्थिति देखिएको जनाइएको छ। जेनजी समूहका प्रतिनिधिले भदौ २३–२४ का घटनाका केस फाइलप्रति बढी चिन्ता व्यक्त गर्दै…
Read More
काठमाडौंको धोबीखोलामा पुरुषको शव फेला

काठमाडौंको धोबीखोलामा पुरुषको शव फेला

१८ मंसिर, काठमाडौं — काठमाडौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। मदन भण्डारी कलेज नजिक भेटिएको उक्त शवको पहिचान ५० वर्षीय ललित गिरीका रूपमा खुलेको छ, जो काभ्रे मण्डनदेउपुर–१ का स्थायी बासिन्दा भई हाल शंखमुलमा बस्दै आएका थिए। गिरीको शव आज बिहान ६:५० बजे काठमाडौं महानगरपालिका–२९ अन्तर्गत रुद्रमति पुल मुनि फेला परेको हो। उनकी श्रीमतीले शवको सनाखत गरेकी छन्। शव नजिकै उनको साइकल पनि भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेका हुनसक्ने ठहर प्रहरीले गरेको छ। टाउकोमा गम्भीर चोट भेटिएकाले ढुंगामा टाउको ठोक्किँदा मृत्यु भएको अनुमान गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं…
Read More
उपत्यकाको यातायात सुधारका लागि नेपाल–जापानबीच महत्वपूर्ण ऋण सम्झौता

उपत्यकाको यातायात सुधारका लागि नेपाल–जापानबीच महत्वपूर्ण ऋण सम्झौता

१७ मंसिर, काठमाडौं — नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माणका लागि ऋण सम्झौता सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यो सम्झौता हस्ताक्षर गरिएको हो। जापान सरकारले परियोजना निर्माणका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। अर्थ मन्त्रालयका अनुसार JICA मार्फत प्राप्त हुने यस ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत हुनेछ। परियोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसको कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गर्नेछ। एक्सचेन्ज अफ नोट्स मा अर्थसचिव…
Read More
नेपाली यात्रुकाे सहज यात्राका लागि दिल्लीमा ट्रान्जिट डेस्क खुल्यो  दिल्ली एयरपोर्टमा नेपाली ट्रान्जिट डेस्क सुरु

नेपाली यात्रुकाे सहज यात्राका लागि दिल्लीमा ट्रान्जिट डेस्क खुल्यो दिल्ली एयरपोर्टमा नेपाली ट्रान्जिट डेस्क सुरु

१७ मंसिर, काठमाडौं — नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले तेस्रो मुलुकतर्फ यात्रा गर्ने नेपाली यात्रुहरूका लागि विशेष ट्रान्जिट डेस्क सञ्चालनमा ल्याएको छ। नेपाली नागरिकका लागि ट्रान्जिट प्रक्रिया सरल बनाउने, अनावश्यक ढिलाइ हटाउने र अन्तर्राष्ट्रिय यात्रा झनै सहज बनाउने उद्देश्यले यो नयाँ सुविधा सुरु गरिएको हो। नेपाली दूतावासको समन्वयमा संचालित उक्त ट्रान्जिट डेस्कले यात्रुको यात्रा कागजात प्रमाणीकरण, मार्गनिर्देशन तथा सुरक्षासम्बन्धी आवश्यक सहयोग प्रदान गर्नेछ। हालका वर्षहरूमा गल्फ, युरोप, अमेरिका तथा विभिन्न एसियाली देशहरू तर्फ दिल्ली हुँदै यात्रा गर्ने नेपालीको संख्या बढ्दो रहेकाले कागजात अपुरो वा त्रुटि भएका कारण उडान छुट्ने समस्याबाट यात्रु बचाउन यो सुविधा प्रभावकारी हुने अपेक्षा गरिएको छ।…
Read More
नलिन्चोक हेलिप्याड विवादः प्राधिकरण डीजी अधिकारी पक्राउ

नलिन्चोक हेलिप्याड विवादः प्राधिकरण डीजी अधिकारी पक्राउ

१७ मंसिर, काठमाडौं — नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको हो। अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहित अन्य सम्बन्धित व्यक्तिमाथि अनुसन्धान अघि बढाउँदै सोहि दिन विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्नेसमयमा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरिएको हो। नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि निरन्तर प्रश्न उठ्दै आएको छ। वातावरणीय प्रभाव मूल्यांकन (EIA) नगरी हेलिप्याड निर्माण गरिएको आरोप समेत उजुरीमा उल्लेख गरिएको थियो। यस हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा…
Read More
खरेलको स्वीकारोक्ति: अपाङ्गमैत्री व्यवस्था अझै कमजोर

खरेलको स्वीकारोक्ति: अपाङ्गमैत्री व्यवस्था अझै कमजोर

१७ मंसिर, काठमाडौं− सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अझै समाप्त हुन नसकेको टिप्पणी गर्नुभयो। अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले गणतन्त्र आए पनि अपाङ्गता भएका नागरिकले अपेक्षित समानता र पहुँच प्राप्त गर्न नसकेको बताउनुभयो। मन्त्री खरेलका अनुसार देशको कुल जनसंख्यामा करिब साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्, जस मध्ये करिब डेढ लाख गम्भीर रूपमा अपाङ्गता भएका छन्। गम्भीर अपाङ्गता भएका व्यक्तिहरू अझै कठिन अवस्थाबाट गुजरिरहेको र राज्यले पर्याप्त सहयोग पुर्‍याउन नसकेको उनले बताए। संघीयता लागू भए पनि अपाङ्गता भएका व्यक्तिहरूले त्यसको लाभ अनुभव गर्न नपाएको उल्लेख गर्दै, उनीहरूले प्रयोग…
Read More
सरकारको तर्फबाट शून्य उपस्थिति, प्रदेशसभा बैठक स्थगित

सरकारको तर्फबाट शून्य उपस्थिति, प्रदेशसभा बैठक स्थगित

१७ मंसिर, काठमाडौं−   विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। जनकपुर, मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै प्रदेशसभाको बैठक अगाडि बढाइएको छ । विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। तर, मुख्यमन्त्री र सरकारको उपस्थिति नरहेकाले उपसभामुख राउतले बैठक आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् । यसअघि, विश्वासको मत लिन प्रदेशसभा सचिवालयले तोकेको समयमा…
Read More
एकै बैठकमा सरकारका बहुआयामिक निर्णय सार्वजनिक

एकै बैठकमा सरकारका बहुआयामिक निर्णय सार्वजनिक

१६ मंसिर, काठमाडौं−   सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको जानकारी मंगलवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्। उक्त निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पारित गरिएको हो। साथै, सरकारका प्रवक्ताका अनुसार सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ पनि स्वीकृत गरेको छ। उनका जानकारीअनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षति मूल्याङ्कन गर्न तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठन गरिएको समितिको कार्यावधि थप ३० दिन पुर्‍याउने निर्णय पनि भएको छ। त्यस्तै, भूपाल बराललाई कर्मचारी सञ्चय कोषको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search