मंसिर ६, काठमाडौं । नेपालमा सरकारले टिकटक बन्द गरेको भएपनि नेपालीहरुले टिकटक चलाइरहेका छन् । सामाजिक सञ्जाल टिकटकबाट सकारात्मक भन्दा नकारात्मक सुचना धेरै फैलिएको, सामाजिक सद्भाव बिथोलिएको, किशोरकिशोरीहरु अनावश्यक लतमा फसेको लगाएत कारण देखाउदै नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयले टिकटकलाइ पूर्णरूपमा बन्देज गरेको थियो । तर सरकारले प्रतिबन्ध लगाएपनि युवाहरुले भिपिएन, डिएनएस जस्ता एपबाट नेपालमा टिकटक चलिरहेको छ । चर्चित टिकटकरहरुले टिकटकमाथीको प्रतिवन्ध खुलाउन आन्दोलन मात्र गरिरहेका छैनन्, यस्ता माध्यमबाट टिकटक कसरी चलाउँने भन्दै सामाजिक सञ्जालमा नै पोष्ट समेत गरिरहेका छन् । तर सरकारले भने यसरी अबैध तरिकाबाट टिकटक नचलाउन बारम्बार आग्रह गरिरहेको छ । टिकटक चलाउनका…
टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालहरूमाथि नियमन गर्नुपर्ने तर प्रतिबन्ध गर्नै नहुने भन्दै भन्दै वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले ट्विट जारी गरेका छन् । उनी लेख्छन्, 'सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको छ । म आफू टिकटकको प्रयोगकर्ता होइन। तर आमसञ्चार एवम् सामाजिक सञ्जालहरू संविधानले प्रत्याभूत गरेको फ्री स्पीचका सशक्त माध्यम हुन। फ्री स्पीचलाई भिन्न मतको स्वतन्त्रता मानिन्छ। यी स्वतन्त्रताहरू नियमन हुन सक्छन्, प्रतिबन्धित नै हुन सक्दैनन्।'
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ । सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा…
न्यु योर्क, २४ कार्तिक । विज्ञानले धेरै प्रगति गरेको छ तैपनि संसारमा धेरै चीजहरू छन्, जुन अझै पनि मानिसहरूको समझभन्दा बाहिर छन्। सामान्य जनता होस् वा डाक्टरहरू जहिले जे आवश्यकता पर्छन्, उनीहरूले त्यस्तै काम गर्छन् कि संसारभर यसको चर्चा हुन्छ। यस्तै एउटा दुर्लभ घटनामा, डाक्टरहरूले उनको जीवन बचाउनको लागि फोक्सोमा गम्भीर सङ्क्रमण भएको ३४ वर्षीय बिरामीको स्तन प्रत्यारोपण गरेका छन् । डाक्टरले किन यस्तो अनौठो शल्यक्रिया गरे त ? आउनुहोस् जानौँ । यो अनौठो शल्यक्रिया सिकागोको नर्थवेस्टर्न मेमोरियल अस्पतालमा भएको थियो । चिकित्सा विशेषज्ञहरूसँग एउटा मेसिन थियो, जसले भेन्टिलेटर प्रक्रिया मार्फत केही दिनको लागि शरीरको कुनै पनि अङ्गको…
-------------------------- ## रबी पौडेल ,पाण्डेचरि । उडेर गएको पात फर्की आएन उसको निश्चित गन्तव्य थिएन।। चरी पनि प्वाँख हल्लाउँदै उडेको थियो चारो नपाउँदै सिकारी ले चुँडी दियो ।। बर्खाको भेल खोला मा मिसियो बगर भरियो रुट पनि मोडियो ।। जीवन बगेको पानी जस्तै जस्तै हो कहाँ पुगिन्छ र सुक्छ थाहा नभएको हो ।। केही गराई भन्नेहरू भन्दा खुट्टा तान्ने हरू छन् अरूको रिस भन्दा बिगार्ने आफन्त छन्।। उन्नति र प्रगति बोलाएर आउँदैन चौतारी चिन्न त तन मन र धन चाहिन्छ ।। जस्तो कर्म उस्तै फल भन्छन् मानिसहरू गरिब हुनु पाप होइन बनाउने पापीहरू ।। मिति :०७/११/२०२३
काठमाडौँ, ५ मङ्सिर । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बिबिसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् । प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बिबिसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । रुक्साना कपालीले फरक लैङ्गिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।
बार्सिलोना, ५ मङ्सिर । स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म दिएको यो पहिलो पटक हो । मेट्रोको समाचार अनुसार डेरेक एलोय नामको बच्चा स्पेनको माजोर्काको पाल्मामा अक्टोबर ३० मा जन्मिएको थियो । त्यो बच्चा ३० वर्षकी एस्टेफानिया र २७ वर्षकी अजहाराको जोडीबाट जन्मिएका हुन । यस अवधिमा अजहाराले आफ्नो छोरालाई ९ महिनासम्म आफ्नो गर्भमा राखेकी थिइन् तर उनलाई जन्म दिने अण्डा भने एस्टेफानियाको कोखबाट भएको थियो । यो दम्पतीले स्पेनको प्रजनन क्लिनिकको सहयोगमा यस वर्ष मार्चमा अभिभावक बन्ने यात्रा सुरु गरेका थिए। उनीहरूले अभिभावक बन्न इन्भो सेल नामक प्रजनन…
काठमाडौं, ५ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने यो खेल आज साँझ ७ बजेदेखि सुरु हुनेछ । यसअघि, छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले युएईसँग ४- ० गोल अन्तरले पराजित भएको थियो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् । नेपाली टिम गोलकिपर: अभिषेक बराल,…
काठमाडौँ, ५ मङ्सिर । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । अब समूह डी बाट समूह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदैँछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका…
भीष्म जोशी नेपाल मात्र नभई विश्व मै लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ । नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ । आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ | आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका…