८ असोज, काठमाडौं - असोज १२ गते शनिबारदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरोकारवाला निकायबीच मंगलबार भएको छलफलमा शनिबारदेखि चाडपर्व लक्षित गरी अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो । यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो । यसैगरी यातायात विभागले अनलाइनमार्फत बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ । त्यस्तै चाडपर्वका बेला चल्ने सवारीसाधनमा प्रभावकारी अनुगमन गर्ने, यात्रुले टिकट लिएरमात्रै यात्रा गर्ने, काउन्टरमा यात्रुको परिचय खुल्ने विवरण राख्नुपर्ने, अनाधिकृत काउन्टरबाट टिकट बिक्री नगर्ने निर्णय गरिएको छ । त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू…
८ असोज, काठमाडौं - संसदीय सुनुवाई समितिले सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूत भट्टराईले नै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएको र निवेदन सनाखत समेत भएकाले उक्त पदमा नियुक्तिका लागि निजको नाम दुई तिहाईले अस्वीकृत गरेको समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिए । स्नातक पास गरेको प्रमाणपत्र बुझाउन नसकेपछि यसअघि समितिले भट्टराईको नामबारे निर्णय गरेको थिएन । प्रमाणपत्र प्राप्त नभएपछि भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारीसँगै बैठक अघि नै व्यस्तताको कारण देखाउँदै भट्टराईले प्रस्तावित राजदूतबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएका थिए । त्यस्तै…
७ असोज, काठमाडौं - इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जना मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ७ सय २७ जना घाइते भएका छन् । बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने उल्लेख गरेको छैन । इजरायली सेना आईडीएफका प्रवक्ता डानियल हगारीले दक्षिणी लेबनानका तीन सय स्थानलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । ‘हामीले आक्रमण गरेका हरेक घरमा हातहतियार थिए,’…
७ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाएका छन् । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा सोमबार भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले सरकार फेरबदलका लागि बाहाना नपाएपछि कांग्रेस-एमालेले संविधान संशोधनको एजेण्डा फ्याँकेको बताए । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष दाहालले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले…
७ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरुले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गरे । 'दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक पर्छ, अहिले मात्रै चार अर्ब ३० करोड अमेरिकी डलरको वित्तीय खाडल छ र यो निरन्तर बढिरहेको छ,' उनले भने । उनले…
७ असोज, काठमाडौं - सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप भएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार साँझ पोखरा लगिएको थियो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत आएको ठहर समितिको थियो । समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।
७ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेट भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच न्युयोर्क लोते प्यालेसमा साइडलाइन भेटवार्ता भएको हो । भेटपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन् । यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको ट्विट(एक्स)मार्फत जानकारी दिएका छन् । उनले छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको उल्लेख गरेका छन् । भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी…
६ असोज, काठमाडौं - सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्याएको छ । आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्याएको हो । जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो ।
६ असोज, काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ । साइबर अपराधसम्बन्धी उजुरीमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरेर अदालतमा उपस्थित गरिएको हो ।
६ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेका उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहने बताए । उनले भने, ‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ । एउटा संविधान जारी गर्दाखेरि नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिब करिब स्वीकार गरेको त्यही तार्किक संगति पनि नमिलेको केही पक्षहरु छन् । हामी सबै सहमत भएको अन्तरवस्तु । तर…