२५ कात्तिक, काठमाडौं - विराटनगरमा पक्राउ परेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आरोपित अधिकारीलाई आइतबार मोरङबाट पक्राउ गरी जहाजमार्फत काठमाडौं ल्याइएपछि अदालत उपस्थित गराइएको थियो । उनलाई अनुसन्धानका लागि मंगलबारसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । यही कसूरका यसअघि पक्राउ परेका अरु ६ जनालाई हिरासतमा राख्ने अवधिसम्म सांसद अधिकारीलाई म्याद मिलान गरिएको हो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका…
२५ कात्तिक, विराटनगर - कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको प्रहरी स्रोतले जानकारी दिएको छ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए ।…
२४ कात्तिक, मकवानपुर - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना संसदीय दलहरू कांग्रेस र एमालेले जालझेल गरेको तर काम भने नगरेको दाबी गरेका छन् । थाहा नगरपालिका, मकवानपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार काम गर्न असफल भएको भन्दै एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताए । माओवादी केन्द्र नेतृत्वको सरकारले गरेका काम समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको वक्तव्य दिएको दाहालको दाबी थियो । 'हामीले धेरै राम्रो काम गरे पनि जनतामा यो-यो राम्रो काम गर्यौं भन्ने स्थापित गर्न अलि सकेनौं । उनीहरूले नगरेका काम…
२४ कात्तिक, उदयपुर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार गठनको आधार सातबुँदे अनुसार काम नभएको बताएका छन् । उदयपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रममा कोइरालाले भने 'प्रधानमन्त्रीजीले नै सातबुँदेबारे संसद्मा आफ्ना विचारहरू राखिसक्नुभएको छ । त्यसमा संविधान सुधारका कुराहरू पनि छन् भन्नुभएको छ उहाँले । तर अहिलेको १०० दिनमा संविधान सुधारका कुनै पनि कुराहरू अगाडि बढ्न सकेको छैन,' । त्यस्तै कोइरालाले भ्रष्टाचारबाट देश पीडित भइसकेको बताएका पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी अभिव्यक्ति दिए पनि वास्तवमा अवस्था के छ भन्ने कुरा सबैलाई जानकारी रहेको कोइारालाको…
२४ कात्तिक, काठमाडौं - नेकपा एमालेले दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने बताएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बद्लिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको हो । बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताए । 'अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग…
२४ कात्तिक, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता नजिक भएकै आधारमा कानूनविपरीत गर्ने कसैले पनि उन्मुक्ति पाउनु नहुने बताएका छन् । सत्ता साझेदार दलका नेताहरूलाई सहकारी ठगी र मानव तस्करी प्रकरणमा उन्मुक्ति दिन खोजिएको आरोप लागिरहेका बेला शनिबार स्वर्गीय गणेशमान सिंहको स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै महामन्त्री थापाले कानून सबैका लागि बराबर हुनुपर्ने बताएका हुन् । 'कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ' कानुनी शासनको मान्यता यही हो। कानूनविपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ,' थापाले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै भनेका छन् । उनले गलत गर्ने…
२४ कात्तिक, भैरहवा - नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानले उडान भरिरहेका छन् । जजिरा एयरलाइन्सले यहाँबाट स्थगित गरेको उडान शनिबारदेखि फेरि सुरु गरेको छ । जजिराले यो विमानस्थल सञ्चालनमा आएदेखि नै उडान गरेको थियो । बीचमा उडान स्थगित गरेको थियो । शनिबार जजिरा १७१ यात्रु लिएर भैरहवा आएको थियो । यहाँबाट एक बालकसहित १६८ यात्रु लिएर उडेको छ । फ्लाई दुबई र नेपाल एयरलाइन्सले पनि यहाँबाट आजैदेखि उडान सुरु गर्दै छन् । योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या चार पुगेको छ । जजिराले सातामा तीन दिन उडान…
२४ कात्तिक, काठमाडौं - मानव तस्करी मुद्दामा जोडिएपछि नेकपा एमालेका प्रदेश सांसद लिलाबल्लब अधिकारी पार्टीबाटको संगठित सदस्यबाट निलम्बित भएका छन् । शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन् । 'मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलावल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,' खतिवडाले…
२३ कात्तिक, काभ्रे - गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ । उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज…
२३ कात्तिक, काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ०८१ कात्तिक २३ शुक्रबारबाट व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य गर्ने भएको छ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजना अनुसार विमानस्थलको स्तर वृद्धि गर्न लागिएको हो । शुक्रबार राति १० बजेको अन्तिम उडानपछि काठमाडौं विमानस्थलबाट हरेक दिन पहिलो उडान बिहान ८ बजेमात्रै हुनेछ । र, राति १० बजेअघि अन्तिम उडान भइसक्नुपर्ने छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, काठमाडौं विमानस्थल बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक दुईतर्फी आउने/जाने गरेर ३ सय वटा आन्तरिक र १ सयवटा…