२० पौष, सर्लाही - नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा एकजनाको मृत्यु भएपछि बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकले अवस्था तनावग्रस्त बनेको भन्दै बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो। समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर कर्फ्यु आदेश जारी गरेको हो। यो क्षेत्रभित्र आवतजावत गर्न, भेला गर्न, हिँडडुल गर्न, कुनै पनि प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने गरी शुक्रबार साझ ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख…
१९ पौष, काठमाण्डौं - नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो। बैठकअघि नै दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको हो। बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भारतका ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा १० वर्षमा १०…
१९ पौष, काठमाण्डौं - भारतीय दूतावासले अबदेखि नेपालभित्र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन गर्ने कुनै पनि आयोजनामा सिधै २० करोड रुपैयाँसम्म अनुदान दिनसक्ने सहमति भएको छ । भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याइएको हो । नेपाल-भारत संयुक्त आयोगको बैठकमा बिहीबार नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुवै मुलुकका सम्बन्धित निकायका पदाधिारीहरूले उक्त सहमतिको पत्र आदान प्रदान गरेका हुन् । भारतले कुनै पनि विकासको परियोजना निर्माण गर्नुअघि नेपाल संघीय सरकारको अर्थतन्त्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान भने यथावत् छ ।
१९ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको बताएका छन् । ‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ’, उनले भने, ‘अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभामा भागबन्डा गरिरहेको विषय सार्वजनिक भइरहँदा रामेछापमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।
१९ पौष, काठमाण्डौं - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् । आज भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उनले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै सबै जनता एक ठाउँमा उभिन अपिल गरेका छन् । ‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने। उनले…
१८ पौष, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा रहेको बताएका छन् । बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा रहेको बताएका हुन् । देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको उनको भनाइ थियो। उनले राजनीतिक दलहरुसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे । उनले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताए । ‘हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको पाँच/छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका…
१७ पौष, काठमाण्डौं - रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको रुस–युक्रेन युद्धमा मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् । योसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको । जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् । रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना…
१७ पौष, काठमाण्डौं - जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ । एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ । एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ ।…
१७ पौष, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन माग गरिन् । सांसद कार्कीले २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन स्वास्थ्यमन्त्री बनाएको ? भनी पटकपटक प्रश्नसमेत गरेकी छन् । कानूनविपरीत कर्मचारी हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका…