Epost Nepal

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

मंसिर २६, काठमाडौं — पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार जिपमा सवार तीन जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ। दुर्घटनामा घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि पूर्वी नवलपरासीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको चौधरीले जानकारी दिए। दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन।
Read More
नेपाली सेनाले ३८८ वटा  पदमा दरखास्त माग्यो

नेपाली सेनाले ३८८ वटा पदमा दरखास्त माग्यो

मंसिर २६, काठमाडौं — नेपाली सेनामा ३ सय ८८ जनाका लागि रोजगार अवसर खुलेको छ। सेनाले शुक्रबार सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवाबाट रिक्त पदहरू खुला प्रतिस्पर्धाबाट भर्न दरखास्त माग गरेको छ। खुला कोटाबाट २ सय ५, महिलाबाट ३१, आदिवासी जनजातिबाट ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रबाट ७ जना माग गरिएको छ। मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म, र दोब्बर दस्तुर तिरेर पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ। दरखास्त शुल्क प्रा.सुका लागि ४ हजार, प्रा.जम. र लेखाका लागि ३ हजार, र पण्डित सु–द्धा बै ट्रेडका प्रा.अम. तथा अमल्दार पदका लागि…
Read More
जेन-जी आन्दोलनमा दमनको आरोपपछि तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचार मुद्धामा  छानबिन

जेन-जी आन्दोलनमा दमनको आरोपपछि तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचार मुद्धामा छानबिन

२६ मंसिर, काठमाडौं — जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनको क्रममा गोली चलाउन आदेश दिएका थिए । सर्वोच्च अदालतमा पठाएको जवाफमा उनले त्यसलाई ‘राजनीतिक समन्वयमा गरिएको काम’ भनेका छन् । तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए । तत्कालीन गृहमन्त्रि रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ । अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि…
Read More
जेन–जी आन्दोलनबाट २६२ स्थानीय तहमा प्रभाव, पुनर्निर्माण खर्च ३६ अर्ब नाघ्ने अनुमान

जेन–जी आन्दोलनबाट २६२ स्थानीय तहमा प्रभाव, पुनर्निर्माण खर्च ३६ अर्ब नाघ्ने अनुमान

२६ मंसिर, काठमाडौं — सरकारले सार्वजनिक गरेको प्रारम्भिक क्षतिमूल्यांकन प्रतिवेदनले जेन–जी आन्दोलनका दुई दिनमा देशभर साढे ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको पुष्टि गरेको छ। २३ भदौको प्रदर्शन र २४ भदौमा देखिएको तोडफोड, आगजनी र लुटपाटका घटनाले सार्वजनिक तथा निजी क्षेत्र जोड्दा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति पुगेको निष्कर्ष प्रतिवेदनले प्रस्तुत गरेको छ। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठन भएको सरकारी अध्ययन समितिले बिहीबार प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा संयोजक पन्थले प्रतिवेदनको सारांश प्रस्तुत गरेका हुन्। समितिका अनुसार देशभर २ हजार १ सय ६८ सार्वजनिक निकाय,…
Read More
उत्कृष्ट बलिङसँगै लुम्बिनी लायन्स एनपीएल फाइनलमा प्रवेश

उत्कृष्ट बलिङसँगै लुम्बिनी लायन्स एनपीएल फाइनलमा प्रवेश

२५ मंसिर, काठमाडौं — उत्कृष्ट बलिङ प्रदर्शन सहित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो। टसपछि ब्याटिङ आमन्त्रण पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १३४ रन बनायो। जवाफमा आएको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटिँदै पराजित भयो। लगातार दोस्रो खेलमा विराटनगर १ सय रनमुनि अलआउट भएको हो। लुम्बिनीले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। लगातार पाँच खेलमा जित दर्ता गरेको लुम्बिनी इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेर क्वालिफायर–२ पुगेको थियो, जबकि विराटनगर क्वालिफायर–१…
Read More
भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२५ मंसिर, काठमाडौं — भिजिट भिसा तस्करीमार्फत यात्रुबाट अवैध रूपमा रकम असुलेको आरोपमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। यस प्रकरणमा सहसचिव भट्टराईलाई ७ जेठ २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी पक्राउ पर्दा विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत थिए। भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको दाबीमा आयोगले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। आयोगले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ भने शाखा अधिकृत अर्यालविरुद्ध ५ लाख…
Read More
जेनजी सम्झौतामाथि ओलीको टिप्पणी : ‘सरकार नै असंवैधानिक, सम्झौता अर्थहीन’

जेनजी सम्झौतामाथि ओलीको टिप्पणी : ‘सरकार नै असंवैधानिक, सम्झौता अर्थहीन’

२५ मंसिर, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी प्रतिनिधिसँग बुधबार गरेको सम्झौता औचित्यहीन रहेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मी तथा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री स्वयं असंवैधानिक भएको दाबी गर्दै यस्तो ‘सम्झौतामा नाटक गरिएको’ आरोप लगाए। ओलीका अनुसार आफू सुरुदेखि नै सरकारलाई अस्वीकार गर्दै आएको हुँदा सरकारले के–कससँग सम्झौता ग¥यो भन्ने कुरा अर्थहीन छ। उनले भने, ‘उनीहरूको सबै गतिविधि अनधिकृत, अनुचित, असंवैधानिक, गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छन्। सरकारको व्यवहार यस्तो हुनुहुँदैन।’ अध्यक्ष ओलीले राष्ट्रपतिले सरकारलाई चुनावमाथि मात्र केन्द्रित हुने निर्देशन दिएको स्मरण गराउँदै, व्यक्तिगत रिस–इर्ष्याका आधारमा प्रतिष्ठान ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले…
Read More
कांग्रेस डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारीमा देउवाको एकल प्रस्ताव

कांग्रेस डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारीमा देउवाको एकल प्रस्ताव

२५ मंसिर, काठमाडौं — नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल रूपमा सिफारिस गरेको छ। डडेलधुरा कांग्रेसको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष) का उम्मेदवारका रूपमा देउवाको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो। त्यसैगरी, समानुपातिक तर्फ नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभा तर्फ भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए। सभापति देउवा डडेलधुराबाट आठौँ पटक प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न तयारी अवस्थामा छन्। यसअघि उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा डडेलधुराबाटै लगातार विजय हासिल गरेका छन्।
Read More
भिजिट भिसा काण्ड : पूर्व गृहमन्त्री लेखकमाथि भ्रष्टाचार अनुसन्धान

भिजिट भिसा काण्ड : पूर्व गृहमन्त्री लेखकमाथि भ्रष्टाचार अनुसन्धान

२५ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको जनाएको छ। भिजिट भिसा प्रकरणमा विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति–सुरक्षा महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने तथा बदनियतपूर्ण सेटिङमार्फत व्यक्तिलाई भिजिट भिसामा विदेश पठाएको आशंकामा अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। आयोगका अनुसार गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, विभिन्न शाखा प्रमुख, गृहमन्त्रीका निजी तथा स्वकीय सचिव, गृहसचिवको सचिवालयका कर्मचारी लगायत अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ। यससँगै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि पनि छानबिन…
Read More
सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य पुनः कार्यकारी निर्देशकको रूपमा पदस्थापित

सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य पुनः कार्यकारी निर्देशकको रूपमा पदस्थापित

२४ मंसिर, काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि पदभार ग्रहण गरेका छन्। बुधबार बिहान १० बजे उनी प्राधिकरणको कार्यालय पुगेर औपचारिक रूपमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन्। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेसँगै असोज ५ गते कुलमान घिसिङले शाक्यलाई पदबाट हटाई मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए। आफू पाँच वर्षका लागि नियुक्त भइसकेको र गैरकानुनी रूपमा हटाइएकै दाबी गर्दै शाक्यले घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोमबार न्यायाधीश नहकुल सुवेदी तथा श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न परमादेश जारी गरेको थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search