Epost Nepal

ताजा खबर

सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न विज्ञहरुको सुझाव

सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न विज्ञहरुको सुझाव

१ साउन, काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलवार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ। पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल, पूर्वसचिव गोपिनाथ मैनाली लगायतका अधिकारीहरुसँङ गरिएको छलफल विज्ञहरुले सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न सुझाव दिएका छन् । सहकारी संस्थामा नियमनको संकट देखिएको त्यसको बचत रकम समेत अपचलन हुने अवस्था आएको विज्ञहरुले बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा विज्ञहरुले व्यवस्थापक र सञ्चालक एउटै हुँदा पनि समस्याहरु देखिएको औंल्याएका थिए । समग्रमा सहकारी क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा कस्ता संकट आएका थिए, ती संकटहरु कसरी समाधान भएका थिए ? मलेसिया, फिलिपिन्स, जापानलगायतका देशका…
Read More
देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता: प्रधानमन्त्री केपी शर्मा ओली

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता: प्रधानमन्त्री केपी शर्मा ओली

१ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताए । 'सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ', ओलीले भने । सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो । उनले यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले…
Read More
केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने समाजवादी मोर्चाको निष्कर्ष

केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने समाजवादी मोर्चाको निष्कर्ष

१ साउन, काठमाडौं - समाजवादी मोर्चाले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारलाई 'पश्चगमनको यात्रा' भएको निष्कर्ष निकालेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गर्ने निर्णयसमेत गरेको छ । संविधान संशोधनको एजेण्डासहित कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने निष्कर्ष मोर्चाको छ । बैठकले समीक्षात्मक प्रतिवेदन लेखनका लागि चार सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा देव गुरुङ, खडगबहादुर विश्वकर्मा, प्रवेश हमाल र गंगानारायण श्रेष्ठ रहेका छन् । त्यस्तै बैठकले महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठलाई मोर्चामा आबद्ध गर्ने निर्णय गरेको छ ।
Read More
एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई नवनियुक्त प्रधानमन्त्री ओलीको निर्देशन

एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई नवनियुक्त प्रधानमन्त्री ओलीको निर्देशन

३१ असार, काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उनले सो निर्देशन दिएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए। ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउन र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताए। प्रधानमन्त्री ओलीले  विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि…
Read More
ओली सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीको शपथ

ओली सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीको शपथ

३१ असार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । सोमबार प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् । कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । यी हुन् सोमबार शपथ लिएका २१ मन्त्रीहरु– १. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २. विष्णु पौडेल –…
Read More
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथग्रहण

३१ असार, काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
Read More
सबैमा सम्मान,सबैलाई धन्यवाद: केपी शर्मा ओली

सबैमा सम्मान,सबैलाई धन्यवाद: केपी शर्मा ओली

३० असार, काठमाडौं - प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । आफ्नो तस्बिरसहित उनले फेसबुकमा लेखेका छन्,‘सबैमा सम्मान,सबैलाई धन्यवाद !’ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई  प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’
Read More
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

३० असार, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री ओलीको शपथ सोमबार ११ बजे हुने तय गरिएको छ । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले  सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच…
Read More
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

३० असार, काठमाडौं - पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति (नेपाली समयअनुसार आइतबार बिहान) ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो । घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन्…
Read More
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीका लागि दाबी पेस

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीका लागि दाबी पेस

२८ असार, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्‌हरुसँग छलफल गरेका थिए…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search