Epost Nepal

ताजा खबर

मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको केपी शर्मा ओलीको निष्कर्ष

मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको केपी शर्मा ओलीको निष्कर्ष

८ बैशाख, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मुल विषयमा अस्पष्ट र असहमत रहनेहरूको संख्या निर्वाचनपछि प्रतिनिधिसभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष निकालेका छन् । सथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो उल्लेख गरेका हुन् । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रूपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति विस्तार नयाँ…
Read More
नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, अन्यलाई सफाइ

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, अन्यलाई सफाइ

७ बैशाख, काठमाडौं - नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालले दोषी ठहर गरेको छ । साथै यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो । अदालतबाट सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा…
Read More
सुप्रिम सहकारीको रकम अपचलन प्रकरण: अध्यक्ष गुरुङलाई जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश

सुप्रिम सहकारीको रकम अपचलन प्रकरण: अध्यक्ष गुरुङलाई जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश

७ बैशाख, रूपन्देही - सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गर्ने ६ जनालाई रूपन्देही जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । शुक्रबार सकिएको थुनछेक बहसपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाइ ४ लाख, सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैंयाँ धरौटी माग गरेको छ  अदालतले अध्यक्ष गुरुङलाई थुनामै राखेर थप अनुसन्धान गर्न भनेको छ ।…
Read More
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिवारबाट

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिवारबाट

७ बैशाख, काठमाडौं - नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा दुई हजार ४५४ प्रतिनिधि सहभागी हुने भएका छन् । शनिवारबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक र हिरक महोत्सव तयारीका सन्दर्भमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एमालेले सो जानकारी गराएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र ३ सय ८१ जना आयोजक छन् । केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्यबाहेकका केन्द्रीय सदस्यलाई एमालेले आयोजक मानेको छ । परिषद् बैठक ८ र ९ बैसाखसम्म चल्नेछ भने १० बैशाखमालाई पार्टी स्थापनाको ७५ औं वर्ष प्रवेशलाई हिरक महोत्सवको रुपमा मनाउने एमालेको तयारी…
Read More
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

७ बैशाख, काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट गर्न गठन गरिएको सिफारिस समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरे मध्ये १ जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त…
Read More
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त

६ बैशाख, धनगढी - सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता हुन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद ) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
Read More
सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाए नाउपाका पाँचजना सांसदले घनश्याम चौधरी दलको नेता रहेको पत्र

सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाए नाउपाका पाँचजना सांसदले घनश्याम चौधरी दलको नेता रहेको पत्र

६ बैशाख, धनगढी - सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका छन् । नाउपाका पाँचजना सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेर पत्र बुझाएका हुन् । पत्र बुझाउँनेमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले रहेका छन् । उनीहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् ।
Read More
राष्ट्रिय सभा सदस्यमा डा अन्जान शाक्य मनोनीत

राष्ट्रिय सभा सदस्यमा डा अन्जान शाक्य मनोनीत

६ बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयबाट बिहिवार जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका हुन् । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।
Read More
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन

५ बैशाख, काठमाडौं - नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसले सहकारी ठगीमा लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।
Read More
कांग्रेस संसदीय दल गण्डकी प्रदेशले जनायो प्रदेशसभाको बैठक आह्वान प्रति असहमति

कांग्रेस संसदीय दल गण्डकी प्रदेशले जनायो प्रदेशसभाको बैठक आह्वान प्रति असहमति

५ बैशाख, काठमाडौं - नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु  गैरजिम्मेवार कदम हो ।'…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search