Epost Nepal

ताजा खबर

राज्य संयन्त्र नै एउटा व्यक्तिलाई जोगाउने नाममा किर्ते जालसाजीमा उत्रियो: कांग्रेस

राज्य संयन्त्र नै एउटा व्यक्तिलाई जोगाउने नाममा किर्ते जालसाजीमा उत्रियो: कांग्रेस

२७ बैशाख, काठमाडौं - कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाए बजेट अधिवेशन अवरुद्ध पार्ने चेतावनी दिएको छ । बुधबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले ‘राज्य संयन्त्र नै एउटा व्यक्तिलाई जोगाउने नाममा किर्ते जालसाजीमा उत्रिएको’ निष्कर्ष निकाल्दै समिति बनाउनुपर्ने पूर्वअडानबाट पछि नहट्ने बरु अझै कडाइका साथ संसद्मा प्रस्तुत हुने निर्णय गरेको हो । उपसभापति धनराज गुरुङले संसदीय समिति गठन गर्नुपर्ने न्यूनतम मागबाट पछि नहट्ने बताए । ‘सत्तापक्षले भनेजस्तै समग्र सहकारीका समस्याबारे अध्ययन गर्नका लागि समिति बनाउन हामी तयार छौं । तर, गृहमन्त्री लामिछाने सहकारीको बचत अपचलनमा संलग्न भएको तथ्य जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा…
Read More
छिचोलियो सुनकोसी-मरिण डाइभर्सनको सुरुङ मार्ग

छिचोलियो सुनकोसी-मरिण डाइभर्सनको सुरुङ मार्ग

२६ बैशाख, काठमाडौं - राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सन सुरुङ मार्ग बुधबार छिचोलिएको (ब्रेक थ्रु) भएको छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो । १३ दशमलव ३ किलोमिटर लामो सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक समारोहका बीच स्वीच अन गरेर टीबीएम मेसिन चलेपछि सुरूङ ब्रेक थ्रु भएको हो । प्रधानमन्त्रीले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए। उनले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे। 'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका…
Read More
मातातीर्थ औंसी: जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ मनाइँदै

मातातीर्थ औंसी: जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ मनाइँदै

२६ बैशाख, काठमाडौं - बुधबार मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ। धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ। आज…
Read More
वैशाख महिनाको २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

वैशाख महिनाको २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

२६ बैशाख, काठमाडौं - आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले ६ र चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका छन् । यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो । - रासस
Read More
आज देशभर मौसम बदली रहने

आज देशभर मौसम बदली रहने

२६ बैशाख, काठमाडौं - आज देशभर मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशको थोरै तथा बागमती र सुदूर पश्चिम प्रदेशको एक–दूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। देशको पहाडी भु–भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा…
Read More
नेसनल पेमेन्ट गेटवे प्रकरण: सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बिगो कायम गर्दै सोही अनुसार जरिवाना

नेसनल पेमेन्ट गेटवे प्रकरण: सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बिगो कायम गर्दै सोही अनुसार जरिवाना

२५ बैशाख, काठमाडौं - नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक एवं राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालले ९ वर्षको कैद र २३ करोड २७ लाख जरिवाना  सजाय सुनाइएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो कायम गर्दै सोही अनुसार जरिवाना हुने गरी सजाय गरेको हो । जरिवाना तोकिएको बराबरको रकम पौडेलबाट असुलउपर गर्न समेत अदालतले आदेश दिएको छ । वैशाख ७ गते विशेष अदालले गरेको फैसालमा पौडेललाई दोषी ठहर र यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने सफाई दिएको थियो ।…
Read More
संसद्मा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई दिए रवि लामिछानेले निवेदन

संसद्मा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई दिए रवि लामिछानेले निवेदन

२५ बैशाख, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने भन्दै सभामुख देवराज  घिमिरेलाई निवेदन दिएका छन् । सहकारीको बचत अपचलनमा  मुछिएका लामिछानेकोबारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल  कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् । उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी आएको लामिछानेले दाबी गरेका छन् ।
Read More
संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सहमतिबिनै सकियो

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सहमतिबिनै सकियो

२५ बैशाख, काठमाडौं - सभामुख देवराज घिमिरेले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सहमतिबिनै सकिएको छ । कांग्रेसले सहकारीको बचत अपचलनको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेपछि बैठक सहमतिबिनै सकिएको हो । अघिल्लो अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । तर संसदीय समिति बनाउन सत्तारुढ दल तयार नभएपछि संसद्को अधिवेशन नै सकिएको थियो । अहिले बजेट अधिवेशन सुरू हुन लागेकाले कांग्रेसले आफ्नो अडान पुन राखेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा…
Read More
गण्डकी प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर  कांग्रेस सर्वाेच्च अदालतमा

गण्डकी प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेस सर्वाेच्च अदालतमा

२५ बैशाख, काठमाडौं  - नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वाेच्चमा अदालतमा रिट दर्ता गराएको छ । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् । “विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाइ विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय कामकारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१/०१/२३…
Read More
अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा १३ जना भारतीय पक्राउ

अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा १३ जना भारतीय पक्राउ

२४ बैशाख, बुटवल - बुटवलमा अनलाईन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले १३ जना भारतीयलाई पक्राउ गरेको छ । बुटवल उपमहनगरपालिका–९ कालिकानगरको कालिकापथमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्ने भारतीयहरुका विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउपर्ने मध्ये अधिकांश युवा छन् । उनीहरुले फ्ल्याट भाडामा लिएर अबाञ्छित गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मार्ने क्रममा १३ जना भारतीय युवाहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पक्राउ परेका युवाबाट उनीहरुले प्रयोग गर्ने गरेको मोबाईल र सट्टेबाजीका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search