२४ चैत्र, काठमाडौं - प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएसँगै ३२ जनाको मनोनयन दर्ता भएको छ । आगामी बैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् भने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ । 'प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहनु…
२४ चैत्र, बुटवल - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले मुलुको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गरेका छन् । शनिबार बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै उनले ठूला दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको उल्लेख गरे । अपवाद वाहेक अधिकांश नेताहरु देश बनाउन होइन आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ । ‘नेताहरुको ध्यान देश बनाउनुपर्छ भन्ने छँदैछैन, आफू र आफ्ना मान्छे बनाउने वाहेक अरु कुरामा गएन,’ भण्डारीले भने, ‘यही कारण मुलुकका समस्याहरु वर्षौंदेखि जस्ताको त्यस्तै छन् ।’ सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु…
२४ चैत्र, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हुने र त्यसबाट कसैले पनि छुट नपाउने बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ‘भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ,’। त्यस्तै महामन्त्री थापाले जतिसुकै शक्तिशालीले र जतिसुकै कमजोरले गरेको भएपनि ठगी ठगी नै हुने र त्यसबाट कसैले छुट नपाउनु नहुने बताए। ‘सर्वसाधारणले गरेको कुनै काम ठगी हो भने शक्तिशालीले गरेको ठगी पनि ठगी नै हो । यदी सर्वसाधारणले गरेको कुनै काम कीर्ते हुन्छ…
चैत्र २३, सुनसरी - सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको सुनसरी प्रशासनले जानकारी दिएको छ । कर्फ्युका क्रममा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामुहिक रुपमा गरिने कुनै…
चैत्र २३, बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि महराले लुम्बिनी प्रदेशका ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । महरालाई एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्रीको सपथ भने आइतबार दिउँसो १ गराउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
चैत्र २३, काठमाडौं - त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। उनीहरूले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रजिष्ट्रार र रेक्टर नियुक्तिमा अस्वाभाविक ढिलाइ भएको भन्दै योग्यताका आधारमा त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न आग्रह गरेका हुन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले निकालेको विज्ञप्तिमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको उल्लेख गरिएको छ। ‘लामो समय बितिसक्दा पनि शिक्षाध्यक्ष र रजिष्ट्रार जस्ता पदाधिकारीको नियुक्तिमा अस्वाभाविक ढिलाइ भइरहेको छ,’ उनीहरूले भनेका छन्, ‘नियुक्तिमा ढिलो भएको कारणबारे सम्बन्धित मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन छन्। त्यसबाट त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यमा पर्नसक्ने वा परिरहेका समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित हुनु…
चैत्र २२, धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् । अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा मुख्यमन्त्री शाहको थियो । तर सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाण्डौंबाट नआएपछि उनले राजीनामा दिएका हुन् । नागरिक उन्मुक्तिका सातै…
चैत्र २२, लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका छन् । चौधरीले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए । बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए । औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको…
चैत्र २२, काठमाडौं - सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई आफूले गरेको कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराएका हुन् । 'मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णइ भएको छ । प्रत्येक दिन बेलुका दिनभरी गरेकामध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ,' प्रधानमन्त्रीले भने, 'यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।' पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको…
चैत्र २१, काठमाडौं - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित संघमा बनेको गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन नगर्ने निर्णय गरेको छ। धुम्बाराहीमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले संघीय सरकार बनाएको गठबन्धनलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको हो । राप्रपाले नेपाली कांग्रेस नेतृत्वका प्रदेश सरकारलाई भने समर्थन गर्ने संकेत गरेको छ। ‘प्रदेशहरूमा एमाले-माओवादी गठबन्धनलाई सहयोग गर्दैनौं,’ प्रवक्ता मोहन श्रेष्ठले भने, ‘कांग्रेस नेतृत्वका सरकारलाई समर्थन चाहिए सहयोग गर्छौं तर राप्रपा सरकारमा भने सहभागी हुँदैन।’