२८ फागुन, काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै सदनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ। सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए। चौधरीले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरूरी नरहेको बताए। ‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौं। हामीले भनेको केही कुरामा…
२७ फागुन, काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी अधिकृतहरूले कुनै पनि नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस् भन्ने निर्देशन दिएका छन् । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण क्रममा उनको भनाई थियो ‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला। कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु। परेको चुनौती पनि व्यहोर्छु,’ उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस्।’ उनले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरूवा-बढुवाका…
२७ फागुन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युद्धस्तरमा काम गरेर मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउनुपर्ने देशको प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा रहेको बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस समारोहमा महामन्त्री थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिल्यै प्रधानमन्त्रीको कुर्सी हल्लिएको टिप्पणी पनि गरे । 'प्रधानमन्त्रीको कुर्सी अहिले पहिलाभन्दा पनि कमजोर बनेको छ । बन्नुभन्दा पहिल्यै हल्लिएको छ,' उनले भने, 'कतिखेर म यहाँबाट धकेलिने र लड्ने हो भन्ने डरले प्रधानमन्त्रीलाई सताएको छ ।' उनले यसपटक अबका निर्वाचनमा कसैले कसैसँग गठबन्धन नगर्ने गरी सिकाइ भएको बताएका छन् । ‘हामीले नेपालमा थुप्रै खालका अनुभवहरु बटुलेका छौँ । यसपटकको अनुभवले…
२७ फागुन, काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । आइतबार बिहान महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष यस्तो रोष प्रकट गरेका हुन् । पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य…
२४ फाल्गुन, काठमाण्डौं - नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । अस्वस्थ प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष नियुक्त भएको दाबीसहित दायर गरेको रिटमा अन्तरिम आदेशसमेत माग गरिएको थियो । रिट निवेदक रामदेव यादवले अध्यक्ष भुपेन्द्र भण्डारीसहित दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सिफारिस समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । बिहीबार न्यायाधीश ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यादव अन्तिम तीनजनाको सूचीमा परेका नदेखिँदा रिटको अन्तिम सुनुवाइमा आवश्यक विषय सम्बोधन हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
२४ फाल्गुन, काठमाण्डौं - निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो । व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका दोषी हुन् । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए । २०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उनलाई सजाय…
२४ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख गरेका छन्। बिहीबार संसद्मान उठेका महत्त्वपूर्ण विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले संघीय र प्रदेश निर्वाचनमा कांग्रेसबाट अपेक्षित तहमा सहयोग नभएकोदेखि कांग्रेस महासमिति बैठकमा भएका निर्णयहरू सम्मलाई कारणका रूपमा चर्चा गरेका छन् । प्रधानमन्त्री दाहालले भने, 'निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्योछ । गठबन्धनको नैतिकताको कसीमा त्यो…
२३ फाल्गुन, काठमाण्डौं - राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए । एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा…
२३ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजिनकगर्द नयाँ गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा १९ मिनेटभन्दा लामो भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा फु गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो । म त्यसो भन्दिन । किनकी यो फु पनि गर्नु पर्दैन ।’ कुरा नयाँ गठबन्धन ढलोस् भन्नेमा आफू नरहेको स्पष्टीकरण दिँदै थापाले आफूहरुले राम्रो गरोस् भनेर शुभेच्छा राखे पनि गठबन्धन निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्नै नसक्ने खालको देखिएको टिप्पणी गरेका छन् । ‘यो सरकार आफैँ यसरी बनेको छ…
२३ फाल्गुन, काठमाण्डौं - मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय गरेको छ । एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो । यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो । तर, त्यसरी निर्माण गर्दा क्रसबोर्डर प्रसारण लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यो प्रसारण लाइन चाँडो सम्पन्न होस् भन्ने उद्देश्यले १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने निर्णय गरेको हो । सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र…