Epost Nepal

ताजा खबर

माओवादीका नेता सुनले पहेँलपुर भएका छन् : नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवाल

माओवादीका नेता सुनले पहेँलपुर भएका छन् : नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवाल

२ चैत, काठमाडौं  -   नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता सुनले पहेँलपुर भएको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् । “सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुप्रै नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ,” उनले भनिन्, “हुँदा हुदाँ माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ ।” उनले सहकारी ठगीको आरोप लागेकालाई मुख्य जिम्मेवारी दिइएको पनि बताइन् ।
Read More
सुन तस्करीसम्बन्धी प्रतिवेदन: उच्च पदस्थलाई मुद्दा देखि विभागीय कारवाही सम्म सिफारिस

सुन तस्करीसम्बन्धी प्रतिवेदन: उच्च पदस्थलाई मुद्दा देखि विभागीय कारवाही सम्म सिफारिस

२ चैत, काठमाडौं  - सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित अन्य ब्यक्तिहरुलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । आयोगले टेरेन्स, मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । टेरेन्स ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो अकाउन्ट हेर्ने हङकङका नागरिक हुन् । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ अहिले १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५…
Read More
प्रधानमन्त्रीले संसदमा प्राप्त गरे १५७ जनाको विश्वासको मत

प्रधानमन्त्रीले संसदमा प्राप्त गरे १५७ जनाको विश्वासको मत

३० फागुन, काठमाडौं  - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा १५७ जनाको विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्। २ सय ६८ सांसद् उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा १ सय ५७ मत पर्‍यो भने विपक्षमा १ सय १० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वास मतका लागि प्रस्ताव पेश गरेका थिए। कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा एमालेसहितको पाँच दलीय गठबन्धन बनाएका थिए। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी छन्। प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति, आम जनता पार्टी,…
Read More
कांग्रेसलाई प्रधानमन्त्रीको शुभकामना: एक्लै लड्नुहोला, बहुमत ल्याउनुहोला

कांग्रेसलाई प्रधानमन्त्रीको शुभकामना: एक्लै लड्नुहोला, बहुमत ल्याउनुहोला

३० फागुन, काठमाडौं  - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई बुधवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा समस्या परेको बताए । प्रतिनिधिसभाको बैठकमा आफूलाई धोकेबाज भनेकोमा पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाए । 'संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भए ?,' उनले भने, 'निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ ।' गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच…
Read More
कांग्रेसलाई केपी शर्मा ओली आग्रह: बसौं, कुरा गरौं

कांग्रेसलाई केपी शर्मा ओली आग्रह: बसौं, कुरा गरौं

३० फागुन, काठमाडौं  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सम्वादमा आउन आग्रह गरेका छन् । पछिल्लो तीन वर्ष आफूले पटक–पटक सम्वाद गरौं न भन्दा कांग्रेसले नमानेको ओलीले बताए । विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले भने, ‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।’ उनले अगाडि भने, ‘तीन तीन वर्षसम्म, पुराना मित्र हौ हामी । यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन ।’ संसदमा कुनै पनि दलको बहुमत नभएको र कांग्रेसको केही सिट बढी ल्याए पनि पपुलर भोटमा एमाले…
Read More
एमाले र कांग्रेसले सहकार्य गरे प्रधानमन्त्री पुष्पकमल दाहाल  को राजनीतिक भविष्य के के हुँने: विश्वप्रकाश शर्मा

एमाले र कांग्रेसले सहकार्य गरे प्रधानमन्त्री पुष्पकमल दाहाल को राजनीतिक भविष्य के के हुँने: विश्वप्रकाश शर्मा

३० फागुन, काठमाडौं  - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न गरेका छन्। बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावमाथि कांग्रेसको तर्फबाट छलफलमा भाग लिँदै शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यात्रा कहाँ पुग्छ भनी प्रश्न गरेका हुन्। ‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो,’ शर्माले भने, ‘कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू!’ त्यस्तै शर्माले देशमा विश्वासको खडेरी परेको बताउँदै भने, ‘गजबचाहिँ के छ…
Read More
रेशम–रञ्जिताको विवाद उत्कर्षमा: रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने गरे  संकेत

रेशम–रञ्जिताको विवाद उत्कर्षमा: रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने गरे संकेत

३० फागुन, काठमाडौं -  सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक बिवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बुधबार लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान  रेशमलाल चौधरी भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको…
Read More
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई  चिनियाँ  र  भारतीय समकक्षीको बधाई

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ र भारतीय समकक्षीको बधाई

३० फागुन, काठमाडौं - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई  चिनियाँ  र  भारतीय समकक्षीले बधाई ज्ञापन गरेका  छन् । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए ।
Read More
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति

२८ फागुन, काठमाडौं - सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सोमबार चार बुँदे सहमति भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित सरकारी वार्ता टोलीसँग आइतबार र सोमबारको छलफलपछि मिटर ब्याज पीडित संघर्ष समितिले सहमति गरेको हो। पीडित र सरकारबीच भएको चार बुँदे सहमति बमोजिम अब जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन महिना भित्रमा सरकारसमक्ष प्रतिवेदन पेश गर्ने गरी फेरि तीन सदस्यीय आयोग गठन गर्नेछ । सो आयोगले यसअघिको आयोगले संकलन गरी हाल नेपाल प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाँ उजुरीहरुमाथि समेत पुन: जाँचबुझ गर्ने सहमति भएको छ । सो आयोगले 'नभएको वा नगरेको रकम लिए दिएको भनी लिखत तयार…
Read More
तीनवटा प्रदेश प्रमुख पदमुक्त

तीनवटा प्रदेश प्रमुख पदमुक्त

२८ फागुन, काठमाडौं - मन्त्रिपरिषद्को सोमबारको बैठकले तीनवटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तनको एक सातालगत्तै सरकारले कांग्रेस कोटाका मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरेको हो । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको जानकारी दिइन् । हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् । उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो । केन्द्रसँग प्रदेशहरूलाई समन्वय गर्नका लागि प्रदेश प्रमुख परिवर्तन गर्नुपरेको मन्त्री शर्माले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search