१७ मंसिर, काठमाडौं — नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माणका लागि ऋण सम्झौता सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यो सम्झौता हस्ताक्षर गरिएको हो। जापान सरकारले परियोजना निर्माणका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। अर्थ मन्त्रालयका अनुसार JICA मार्फत प्राप्त हुने यस ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत हुनेछ। परियोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसको कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गर्नेछ। एक्सचेन्ज अफ नोट्स मा अर्थसचिव…
१७ मंसिर, काठमाडौं — नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले तेस्रो मुलुकतर्फ यात्रा गर्ने नेपाली यात्रुहरूका लागि विशेष ट्रान्जिट डेस्क सञ्चालनमा ल्याएको छ। नेपाली नागरिकका लागि ट्रान्जिट प्रक्रिया सरल बनाउने, अनावश्यक ढिलाइ हटाउने र अन्तर्राष्ट्रिय यात्रा झनै सहज बनाउने उद्देश्यले यो नयाँ सुविधा सुरु गरिएको हो। नेपाली दूतावासको समन्वयमा संचालित उक्त ट्रान्जिट डेस्कले यात्रुको यात्रा कागजात प्रमाणीकरण, मार्गनिर्देशन तथा सुरक्षासम्बन्धी आवश्यक सहयोग प्रदान गर्नेछ। हालका वर्षहरूमा गल्फ, युरोप, अमेरिका तथा विभिन्न एसियाली देशहरू तर्फ दिल्ली हुँदै यात्रा गर्ने नेपालीको संख्या बढ्दो रहेकाले कागजात अपुरो वा त्रुटि भएका कारण उडान छुट्ने समस्याबाट यात्रु बचाउन यो सुविधा प्रभावकारी हुने अपेक्षा गरिएको छ।…
१७ मंसिर, काठमाडौं — नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको हो। अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहित अन्य सम्बन्धित व्यक्तिमाथि अनुसन्धान अघि बढाउँदै सोहि दिन विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्नेसमयमा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरिएको हो। नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि निरन्तर प्रश्न उठ्दै आएको छ। वातावरणीय प्रभाव मूल्यांकन (EIA) नगरी हेलिप्याड निर्माण गरिएको आरोप समेत उजुरीमा उल्लेख गरिएको थियो। यस हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा…
१७ मंसिर, काठमाडौं− सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अझै समाप्त हुन नसकेको टिप्पणी गर्नुभयो। अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले गणतन्त्र आए पनि अपाङ्गता भएका नागरिकले अपेक्षित समानता र पहुँच प्राप्त गर्न नसकेको बताउनुभयो। मन्त्री खरेलका अनुसार देशको कुल जनसंख्यामा करिब साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्, जस मध्ये करिब डेढ लाख गम्भीर रूपमा अपाङ्गता भएका छन्। गम्भीर अपाङ्गता भएका व्यक्तिहरू अझै कठिन अवस्थाबाट गुजरिरहेको र राज्यले पर्याप्त सहयोग पुर्याउन नसकेको उनले बताए। संघीयता लागू भए पनि अपाङ्गता भएका व्यक्तिहरूले त्यसको लाभ अनुभव गर्न नपाएको उल्लेख गर्दै, उनीहरूले प्रयोग…
१७ मंसिर, काठमाडौं− विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। जनकपुर, मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै प्रदेशसभाको बैठक अगाडि बढाइएको छ । विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक स्थगित गरेकी छन्। तर, मुख्यमन्त्री र सरकारको उपस्थिति नरहेकाले उपसभामुख राउतले बैठक आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् । यसअघि, विश्वासको मत लिन प्रदेशसभा सचिवालयले तोकेको समयमा…
१६ मंसिर, काठमाडौं− सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको जानकारी मंगलवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्। उक्त निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पारित गरिएको हो। साथै, सरकारका प्रवक्ताका अनुसार सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ पनि स्वीकृत गरेको छ। उनका जानकारीअनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षति मूल्याङ्कन गर्न तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठन गरिएको समितिको कार्यावधि थप ३० दिन पुर्याउने निर्णय पनि भएको छ। त्यस्तै, भूपाल बराललाई कर्मचारी सञ्चय कोषको…
१६ मंसिर, काठमाडौं− प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफू संविधानअनुरूप नै प्रधानमन्त्री बनेको स्पष्ट गरेकी छन्। उनले भनिन्, ‘यो सरकार नियमित अवस्थामा बन्ने सरकारभन्दा अलग प्रकृतिको हो । म प्रधानमन्त्रीका रूपमा अविच्छिन्न सरकार चलाउने गरी नियुक्त भएकी होइन ।’ प्रधानमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट कानुनसचिव फडिन्द्र गौतमले पनि यही बेहोराको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन्। दुवैले पेस गरेको जवाफमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएको र उनको सरकार नियमित रूपमा गठन हुने सरकारभन्दा फरक रहेको दाबी दोहोर्याइएको छ। कार्की नेतृत्वको सरकारको समर्थन गर्दै प्रतिनिधिसभा विघटन गलत नभएको तर्क पनि त्यसमा राखिएको छ। सरकार चुनावी…
१६ मंसिर, काठमाडौं — नेपालमा डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोसन एन्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम सुरु भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) द्वारा आयोजित र नेपाल पर्यटन बोर्ड तथा युएनडिपीको सस्टेनेबुल टुरिजम प्रोजेक्टको सहकार्यमा यो तालिम काठमाडौंको एक होटलमा सुरु गरिएको हो। तालिममा सहभागी ३० जना ट्रेकिङ व्यवसायी तथा अफिस प्रोटोकलसम्बन्धी कर्मचारीहरूलाई एआई प्रयोगमार्फत अनलाइन पर्यटन प्रवर्द्धन, डिजिटल मार्केटिङ, सामग्री निर्माण, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा जानकारी व्यवस्थापन तथा ग्राहक सेवा स्वचालनजस्ता सीपहरू व्यावहारिक रूपमा सिकाइने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए। विश्व पर्यटन बजारमा तीव्र…
१६ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा एक बसमा भीषण आगलागी भएको छ, जसमा परेर कम्तीमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी सुरु भएको बताइएको छ। ठक्करपछिको धक्काले बस करीब १०० मिटर घिस्रिँदै हाइ–टेन्सन लाइनको खम्बामा ठोक्किएको थियो, जसपछि खम्बा भाँचिएर बसमाथि खसेको थियो। यूपी२२एटी ०२४५ नम्बरको उक्त बस भारत–नेपाल सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। बसमा ४५ जना यात्रु सवार थिए, जसमा धेरैजसो नेपाली रहेको उल्लेख छ। घटनापछि बस चालक र सहचालकको अवस्थाबारे हालसम्म कुनै जानकारी नआएको बताइन्छ।
१६ मंसिर, काठमाडौं — नेपाली बजारमा मंगलबार (मंसिर १६) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३०० रुपैयाँले कम भएको हो। मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार (मंसिर १५) छापावाल सुनको मूल्य दुई लाख ५३ हजार ६०० रुपैयाँ थियो। यसैबीच, चाँदीको मूल्य भने वृद्धि भएको छ। चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो।