१६ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताएका छिन l सो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। कान्तिपुर टेलिभिजनको 'फायर साइड' कार्यक्रमसँगको अन्तर्वार्तामा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले सरकारको नेतृत्वमा रहेका ओलीले नै उक्त घटनाको जिम्मेवारी स्वीकार गर्नुपर्ने टिप्पणी गरेकी हुन्। उनले भनिन्, “त्यो समय सरकार कसको थियो ? घटना त्यही सरकारले चलाइरहेका बेला भएको हो। प्राकृतिक प्रकोप हुँदा पनि सरकारलाई नै व्यवस्थापन न गर्नुभएको भनेर दोष लाग्छ। यहाँ त विद्यार्थीहरूको जुलुसमा सुरक्षा व्यवस्था पर्याप्त नहुँदा ठूलो दुर्घटना भयो। एउटै घटनामा २२ जना ज्यान जानु…
१६ मंसिर, काठमाडौं − विश्वका ठूला हतियार उत्पादक कम्पनीहरूले हतियार तथा सैन्य सेवाको बिक्रीबाट गर्ने आम्दानी गत वर्ष ५.९ प्रतिशतले वृद्धि भएको छ। युक्रेन र गाजामा जारी द्वन्द्व तथा विभिन्न देशहरूको बढ्दो सैन्य खर्चका कारण माग बढ्दै गई आम्दानी ६७९ अर्ब डलर पुगेको एपी समाचार संस्थाले उल्लेख गरेको छ। यो रकम अहिलेसम्मकै उच्च स्तर हो। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) का अनुसार, यो वृद्धि मुख्यतः युरोप र अमेरिकामा आधारित कम्पनीहरूले तानेका हुन्। चीनको हतियार उद्योगमा देखिएका समस्याका कारण एसिया र ओसिनियाबाहेकका क्षेत्रहरूमा आम्दानी बढेको बताइएको छ। विश्वस्तरमा आम्दानी वृद्धि अमेरिकाका शीर्ष १०० हतियार उत्पादक कम्पनीमध्ये रहेका ३९ मध्ये ३० कम्पनीको…
१५ मंसिर, काठमाडौं − गाजामा जारी इसराइली आक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये संख्या ७० हजार १ सय पुगेको छ। रोयटर्सका अनुसार, इसराइलले गरेको हवाई हमलाबाट ध्वस्त बनेका संरचनाहरूको भग्नावशेषबाट पछिल्ला तीन दिनमै ३०० भन्दा बढी शव फेला परेका छन्। अझै पनि धेरै शव भग्नावशेषभित्र रहेको अनुमान गरिएको छ। युद्धविराम लागू भए पनि इसराइलले विभिन्न आरोपका आधारमा गाजामा आक्रमण जारी राखेको बताइएको छ। हमासले युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको र नियन्त्रण रेखामा इसराइली सैनिकको हत्या गरिएको आरोप लगाउँदै इसराइलले हमासमाथि लक्षित आक्रमण गरिरहेको थियो। दुई वर्षदेखिको युद्धमा गाजामा भएका कुल मृत्युका…
१४ मंसिर, काठमाडौं − नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वभाविक विषय भएको बताएका छन्। उनका अनुसार, समयको मागअनुसार यस्तो प्रक्रिया स्वतः अघि बढ्ने भएकाले लगातार बल दिएर भन्नुपर्ने विषय होइन। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, “अधिवेशन हुँदा कमिटीमा केही साथी हट्छन्, नयाँहरू आउँछन्—यो सामान्य प्रक्रिया हो। पुनर्गठन हुन्छ, हस्तान्तरण र पुस्तान्तरण पनि हुन्छ। यो नहुने भनेर कसैले रोक्न पनि सक्दैन। आवश्यकताअनुसार नै यी सबै प्रक्रिया अघि बढ्छन्।” उनले अधिवेशनको आवश्यकता पनि यही कारणले पर्ने उल्लेख गरे। “अधिवेशन विधि–विधान, संगठनात्मक र नीतिगत विषय, राजनीतिक कार्यको समीक्षा तथा आगामी…
१४ मंसिर, काठमाडौं − साताको पहिलो कारोबार दिन आइतबार (मंसिर १४) नेपाल स्टक एक्सचेन्ज (नेप्से) उल्लेखनीय रूपमा घटेको छ। नेप्से सूचकांक २६.५१ अंकले तल झरेर २६४९.५२ विन्दुमा पुगेको छ। सूचकांक ओरालो लागे पनि ४५ कम्पनीका सेयर मूल्यमा वृद्धि देखियो भने २११ कम्पनीका सेयरमा गिरावट आएको नेप्सेले जनाएको छ। यस दिन कुल ३४२ कम्पनीका सेयर ८४ हजार १५६ पटक कारोबार भएका छन्। कारोबार रकम सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ३३३ रुपैयाँ पुगेको छ भने कारोबार भएको सेयर संख्या एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता रहेको छ। सागर डिस्टिलरी, निफ्रा ग्रीन इनर्जी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र…
१४ मंसिर, काठमाडौं − राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता घोषणा गरिएको छ। आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत दुवै पार्टीले एकताको घोषणा गरेका हुन्। रवि लामिछाने नेतृत्व रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच केही दिनअघि नै एकतामा सहमति बनेको थियो। विवेकशील साझाले आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टी एकताको प्रस्ताव अनुमोदन पनि गरिसकेको थियो। त्यसअघि, दुवै पार्टीले कार्यदल गठन गरी एकता प्रक्रियाबारे विस्तृत छलफल गरेका थिए। तर विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकतामा सहभागी नबन्ने भएका छन्। नाम र चुनाव चिह्न रास्वपाकै रहने सहमतिसहित विवेकशील साझाले एकतामा जाने निर्णय गरेको…
१४ मंसिर, काठमाडौं − काठमाडौंमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले दर्शकको उत्साह त बढाएको छ नै, त्यससँगै अनलाइन सट्टेबाजीमा संलग्न समूहहरूको सक्रियता पनि त्यत्तिकै देखिएको छ। एनपीएलमा सट्टेबाजी तथा खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा केही खेलाडीलाई स्पट फिक्सिङका लागि एक करोड रुपैयाँसम्मको प्रस्ताव गरिएको तथ्यसमेत खुलेको छ। पक्राउ परेकामध्ये ९ जना भारतीय नागरिक रहेको र उनीहरू यसै उद्देश्यले भारतबाट नेपाल आएका थिए भन्ने पनि स्पष्ट भएको छ। एनपीएलमा खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत सम्पर्क गरी अनुचित प्रभाव पार्न खोजेको आरोपमा मंसिर ३ गते प्रहरीले एक नेपाली र एक भारतीय…
१४ मंसिर, काठमाडौं − नेपाली क्रिकेटमा दुई दशक बिताइसकेका पृथु बाँस्कोटाले अहिले चलिरहेको एनपीएल हेर्न टीयू मैदान पुगेका बेला आफू धेरै भावुक भएको बताए । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ, जहाँ कर्णाली याक्स र काठमान्डु गोर्खाजबीचको भिडन्त दिउँसो ३:३० बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पुथु बाँस्कोटाले आजै हुने खेल, नेपाल प्रिमियर लिग, र नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे सिद्धार्थ बैंक ओके एनपीएल बजसँग कुराकानी गरेका छन्। दुई दशकको क्रिकेट यात्रापछि टीयू मैदानमा बसेर एनपीएल हेर्दा आफू निकै भावनात्मक भएको…
३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकार आम सहमतिका आधारमा गठन गरिएको बताएका हुन्। राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं। ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं।” उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरे। उनले भने, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई…
३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार यसमध्ये ७ हजार ७५३ कारागारतर्फ र ६२२ सुधारगृहतर्फका कैदीबन्दी अझै फरार रहेका छन्। देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। यसमा १३ हजार ५९१ जना कारागारबाट र ९६४ जना बाल सुधार गृहबाट फरार भएका थिए। फरारमध्ये अहिलेसम्म ६ हजार १७९ जना फिर्ता भएका छन्। कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए।…