Epost Nepal

प्रमुख समाचार

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिवारबाट

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिवारबाट

७ बैशाख, काठमाडौं - नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा दुई हजार ४५४ प्रतिनिधि सहभागी हुने भएका छन् । शनिवारबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक र हिरक महोत्सव तयारीका सन्दर्भमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एमालेले सो जानकारी गराएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र ३ सय ८१ जना आयोजक छन् । केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्यबाहेकका केन्द्रीय सदस्यलाई एमालेले आयोजक मानेको छ । परिषद् बैठक ८ र ९ बैसाखसम्म चल्नेछ भने १० बैशाखमालाई पार्टी स्थापनाको ७५ औं वर्ष प्रवेशलाई हिरक महोत्सवको रुपमा मनाउने एमालेको तयारी…
Read More
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

७ बैशाख, काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट गर्न गठन गरिएको सिफारिस समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरे मध्ये १ जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त…
Read More
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त

६ बैशाख, धनगढी - सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता हुन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद ) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
Read More
सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाए नाउपाका पाँचजना सांसदले घनश्याम चौधरी दलको नेता रहेको पत्र

सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाए नाउपाका पाँचजना सांसदले घनश्याम चौधरी दलको नेता रहेको पत्र

६ बैशाख, धनगढी - सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका छन् । नाउपाका पाँचजना सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेर पत्र बुझाएका हुन् । पत्र बुझाउँनेमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले रहेका छन् । उनीहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् ।
Read More
राष्ट्रिय सभा सदस्यमा डा अन्जान शाक्य मनोनीत

राष्ट्रिय सभा सदस्यमा डा अन्जान शाक्य मनोनीत

६ बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयबाट बिहिवार जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका हुन् । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।
Read More
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन

५ बैशाख, काठमाडौं - नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसले सहकारी ठगीमा लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।
Read More
कांग्रेस संसदीय दल गण्डकी प्रदेशले जनायो प्रदेशसभाको बैठक आह्वान प्रति असहमति

कांग्रेस संसदीय दल गण्डकी प्रदेशले जनायो प्रदेशसभाको बैठक आह्वान प्रति असहमति

५ बैशाख, काठमाडौं - नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु  गैरजिम्मेवार कदम हो ।'…
Read More
गण्डकी प्रदेश सभा अधिवेशन आह्वान:  सर्वोच्चको आदेश बिपरित विश्वासको मत लिने तयारी

गण्डकी प्रदेश सभा अधिवेशन आह्वान: सर्वोच्चको आदेश बिपरित विश्वासको मत लिने तयारी

५ बैशाख, काठमाडौं - गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते ३ बजेदेखि बैठक बस्ने गरी गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । ४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा नब नियुक्त्त मुख्यमन्त्री खगराज अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो । सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन…
Read More
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक छ : गगन थापा

सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक छ : गगन थापा

४ बैशाख , कञ्चनपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् । संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा बोल्दै थापाले बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताए । “सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भन्यो,” थापाले भने, “सहकारी ठग्ने रवि लामिछाने…
Read More
सुदूरपश्चिममा एकीकृत समाजवादीले लियो नागरिक उन्मुक्ति पार्टी दिएको समर्थन फिर्ता

सुदूरपश्चिममा एकीकृत समाजवादीले लियो नागरिक उन्मुक्ति पार्टी दिएको समर्थन फिर्ता

४ बैशाख , धनगढी - नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री नियुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। सत्तागठबन्धनबीच मंगलबार भएको छलफलमा नयाँ समझदारी बनेपछि समाजवादीले समर्थन फिर्ता लिएको हो। सत्ता गठबन्धनका नेताहरू बिच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा गरेको समर्थन फिर्ता लिइएको हो । आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले कानुनी परामर्श गर्ने भन्दै निर्णय दिएका थिएनन् । एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको कदमले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच सुदूरपश्चिममा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search