Epost Nepal

Breaking News 1

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ, २ कार्तिक ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…
Read More
त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको विजयी सुरुवात

त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ, कार्तिक १ गते । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै महत्त्वपूर्ण जित निकालेको छ । बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नट आउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नट आउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए। त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो। युएईका लागि बासिल हमीदले अर्ध शतक प्रहार गरे। उनले ५१…
Read More
खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न किसान बाध्य

खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न किसान बाध्य

मुकेश कुमार यादव सिराहा, १ कार्तिक । अन्य समय भन्दा बढी दसैँमा बढी मूल्यमा बिक्री हुने खसी वोकाको मूल्य आर्थिक मन्दीका कारण घटे पछि किसानहरू मर्कामा परेका छन् । अत्यधिक मात्रामा मासुको  खपत हुने दसैँमा नै आर्थिक मन्दीका कारण तराई मदेसका बजारहरूमा खसी–बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरू चिन्तित बनेका हुन् । सिराहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोल बजारको मङ्गलवारे बजारमा बिक्रीको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्‍यो।’ बजारमा खरिद…
Read More
इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

  काठमाडौँ, ३० असोज । नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डङ्गोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, सङ्गीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ  र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको…
Read More
गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु

गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु

काठमाडौँ, ३० असोज । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मङ्गलवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिएर अभियानको सुरुआत गरेका हुन् ।   २८ असोजमा पर्वत जिल्ला प्रशासन कार्यालयबाट कुलले नागरिकताको प्रमाणपत्र पाएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ : १. गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दसैँ, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २. गैरआवासीय नेपाली सङ्घको…
Read More
आज वाट एनआरएन महाधिवेशन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

आज वाट एनआरएन महाधिवेशन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

काठमाडौँ, ३० असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। होटेल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उद्घाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ । यस महाधिवेशनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरू बद्री केसी र रविना थापा यस पटक पनि प्रत्याशी छन्। अध्यक्षका प्रत्याशी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दाबी गरेका छन् । एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष,…
Read More
देश जोगाउन सङ्घीयता खारेज गरिनु पर्छ : एमाले नेता भीम रावल

देश जोगाउन सङ्घीयता खारेज गरिनु पर्छ : एमाले नेता भीम रावल

काठमाडौँ, आश्विन २९ गते ।  नेकपा(एमाले)का नेता भीम रावलले ट्विट गर्दै भन्छन् ,  'नेपाली भूभाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोसी प्रदेशमा देखियो, यदि यही नै सङ्घीयताको मानक हो भने यस्तो सङ्घीयता देश जोगाउन खारेज गरिनु पर्छ।'
Read More
कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

धनगढी, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ। कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।
Read More
त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा, परेनन् सन्दीप लामिछाने

त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा, परेनन् सन्दीप लामिछाने

काठमाडौँ, २९ असोज । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् । तर, अदालतमा आफू विरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाइ गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन । विश्वकप छनोटको तयारी स्वरूप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा युएई र हङकङ…
Read More
६५ प्रतिशत अमेरिकीहरू इजरायल युद्धको विपक्षमा

६५ प्रतिशत अमेरिकीहरू इजरायल युद्धको विपक्षमा

  न्यु योर्क, २९ असोज । हाल इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ । जसका कारण विश्वका ठुला देशहरूले आ–आफ्नो तरिकाले युद्धको प्रतिक्रिया दिइरहेका छन् । धेरै देशले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन् भने धेरै देश इजरायललाई पनि समर्थनमा गरेका छन् । यो युद्धको अवस्थामा विश्वको महाशक्ति भनिने अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ । यसैबिच अमेरिकाले इजरायललाई दिएको समर्थनबारे सर्वेक्षण गरिएको थियो, जसको नतिजा मिश्रित आएको छ । पीबीएस न्युज आवर तथा मैरिस्ट पोलद्वारा गरिएको सर्वेक्षणले २३ प्रतिशत अमेरिकीहरूले हमाससँगको युद्धमा संयुक्त राज्य अमेरिकाले इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्नुपर्छ भन्ने विश्वास गर्छन् जबकि ६५ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिकाले केही…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search