४ कात्तिक, काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि चलिरहेको अनुसन्धान संसद्को समेत साझा सरोकार विषय भएकाले यसलाई सरकारविरुद्ध जोड्न नमिल्ने बताएका छन् । संसदीय छानबिन विशेष समितिले समेत औंल्याएको विषयमा सरकारी निकायले अनुसन्धान अघि बढाउँदा रास्वापाका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेपछि पोखरेले यस्तो धारणा राखेका हुन् । रास्वपाका सांसद समेत सहभागी भएको संसदीय समितिले लामिछाने तत्कालीन गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएका बेला सहकारीको रकम अपचलन गरेको निष्कर्ष निकालेको थियो । उक्त निष्कर्ष र पीडितहरूको उजुरी समेतको आधारमा प्रहरीले लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धान अघि बढाएको हो । एमालेको सचिवालय बैठकपछि महासचिव पोखरेलले लोकतन्त्रमा जनप्रतिनिधिमुलक संस्था…
३ कात्तिक, काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लंघन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ । पहिलो चरणमा आइतबारबाट काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । डिजिटल चिट काट्नका लागि…
२ कात्तिक, काठमाडौं - सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराएका हुन् । 'सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा…
१ कात्तिक, काठमाडौं - विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहका लागि संघीय सरकारका तर्फबाट तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद् संकटग्रस्त घोषित गरिएका ७१ वटा स्थानीय तहका विपद् प्रभावित परिवारलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उक्त अनुदान उपलब्ध गराउन सिफारिस गरेको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले विपद् संकटग्रस्त घोषित ७१ स्थानीय तहमध्ये सबैभन्दा बढी प्रभावित ९ स्थानीय तहलाई १-१ करोड, बढी प्रभावित १२ स्थानीय तहलाई ७५ लाखका दरले र बाँकी विपद् प्रभावित ५० स्थानीय तहलाई…
३० असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् । ६९औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताए । एमाले र कांग्रेस गठबन्धनको सरकार लगभग दुई तिहाइको रहेको र त्यो बलियो छ भन्ने हेक्का राख्न पनि उनले आग्रह गरे । 'नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको…
३० असोज, काठमाडौं - आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको…
२६ असोज, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शनिबार सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा दिइसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरू गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने छन् । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं मानिस लाममा बसेको जनाइएको छ । विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् ।-रासस
२४ असोज, काठमाडौं - नेकपा एमालेले लोकतन्त्र,गणतन्त्र,संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले समाजमा निराशा, नकारात्मकता,विद्वेष फैलाउने प्रवृत्ति देखापरेको भन्दै देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशकासाथ लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले हालैको बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना,राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन,कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान समेत गरेको उनले बताए । सचिवालय बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कार्तिक २२ गतेसम्म तल्ला कमिटीले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा…
२२ असोज, काठमाडौं - काठमाडौं उपत्यकामा मेलम्चीको पानी पठाइएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । केयूकेएलका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले खानेपानी मन्त्रीसहित सरकारी अधिकारी र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा भएको छलफलले समझदारी गरेर सुन्दरीजलमा पानी पथान्तरण गरिएको र त्यहाँबाट काठमाडौं उपत्यकामा पठाइएको बताए । मेलम्चीबाट…
२१ असोज, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको भन्दै उनले त्यसतर्फ सरकारले विशेष…