\काठमाडौँ, २९ असोज । आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो । जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्व साधारणलाई दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्ने सुविधा दिएको हो । उता, काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष दशै अगावै चाडबाडको…
काठमाडौँ, २९ असोज । आज देखी घटेको मूल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ । नेपाल आयल निगमले गए राती १२ बजे देखी पेट्रोलियम पदार्थको मूल्य घटाए पछि सस्तोमा पाउन लागिएको हो । आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।
काठमाडौँ, २५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ । जसमा भगवती हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको छ । ‘बीजीडब्लुटी’ सङ्केतमा यसको सेयर कारोबार हुनेछ । यस्तै, मिड सोलु हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ७४ लाख ८४ हजार कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको छ । ‘एमएसएचएल’ सङ्केतमा यसको सेयर कारोबार हुनेछ । अब बिहीबार दुवै…
काठमाडौँ, २२ असोज । सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अङ्कमा आएको छ । सूचीकृत २ समूह मात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् । यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरूले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार…
काठमाडौँ, २० असोज । सरकारले भोली देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्री स्थल राखिने छ । जसअनुसार काठमाडौँ उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङमा सहुलियत पसल राखिने भएको छ। यसै गरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल…
खड्क सुनार मुगु, १९ असोज । मुगुमा बर्सातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरू नेपालगन्जमै थन्किएका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै…
काठमाडौँ, १९ असोज । यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रवार असोज १९ गते बस्दै छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । हकप्रद निष्कासन पश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक…
काठमाडौँ, १८ असोज । माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । यसै गरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आइपिओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।…
काठमाडौँ, १८ असोज । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) बुधवार रातीबाट खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली समय अनुसार बुधवार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो । यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डिभी भरेकाहरूलाई चिट्ठामार्फत अमेरिका लैजाने गरेको छ । डिभी परेर अमेरिका जानेहरूले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।
का ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन । चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर…