१ पुष, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। फेसबुकमार्फत जानकारी दिँदै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले उल्लेख गरेका छन्, ‘पार्टीको ११औँ महाधिवेशनको आज चौथो दिन हो। राष्ट्रिय संकट र चौतर्फी घेराबन्दीको अवस्थाबीच सम्पन्न भइरहेको यस महाधिवेशनमा जनताबाट प्राप्त व्यापक सहभागिता र समर्थनप्रति हार्दिक सम्मान व्यक्त गर्दै, केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई विजय गराउने उद्देश्यले पार्टी नेतृत्वको सुझाव र सल्लाहअनुसार उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको छु। यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद।
२९ मंसिर, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरुद्ध परेको उजुरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राख्ने निर्णय गरेको विषयमा विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पतञ्जलीको जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारले उजुरी तामेलीमा राख्ने गरी गरेको निर्णयको फाइल झिकाउन आदेश गरेको हो। अख्तियारले २०६९ मंसिर २५ गते उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो। अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दाको विषय सम्बद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९/०८/२५ मा भएको निर्णयसहितको फाइल झिकाउनू।’ माधव नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलगायतले बहस गरेका थिए। वकिलहरूले उजुरी तामेलीमा राख्ने गरी…
२९ मंसिर, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्। ११औँ महाधिवेशन जारी रहेको भृकुटीमण्डपस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। यससँगै ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका छन्। उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।
२८ मंसिर, काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू ७० वर्ष पुगेको भन्दै पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अब चुनाव नलड्ने स्पष्ट पारेका हुन्। ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ,’ उनले भने। उनले एमालेमा ७० वर्षे उमेरहद लागू हुनुपर्ने पक्षमा पनि आफ्नो धारणा राखेका छन्। यद्यपि उनले आफू एमालेमै सक्रिय रहने बताएका छन्।
२८ मंसिर, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र आज अपरान्हदेखि सुरु हुने भएको छ। बिहानैदेखि सुरु गर्ने तयारी गरिएको बन्द सत्र समय सर्दै अन्ततः दिउँसो १ बजेका लागि तय गरिएको हो। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिएको भए पनि बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। यो बैठक वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठक हो। केन्द्रीय कमिटीको बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक अवस्था तथा बन्द सत्रका कार्यक्रमबारे छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। बैठकपछि बन्द सत्र सुरु हुने कार्यक्रम छ। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन…
२८ मंसिर, काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन्। कुलमानले ‘जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको’ भन्दै प्रचण्डले त्यसो नगर्न चेतावनी पनि दिएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन्। तिनले त्यसो नगरुन् भन्न चाहान्छु। कुलमानको बुद्धि फिरोस्।’ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन्। मन्त्री पदमा रहँदै उनले उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका…
२६ मंसिर, काठमाडौं — जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनको क्रममा गोली चलाउन आदेश दिएका थिए । सर्वोच्च अदालतमा पठाएको जवाफमा उनले त्यसलाई ‘राजनीतिक समन्वयमा गरिएको काम’ भनेका छन् । तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए । तत्कालीन गृहमन्त्रि रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ । अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि…
२६ मंसिर, काठमाडौं — सरकारले सार्वजनिक गरेको प्रारम्भिक क्षतिमूल्यांकन प्रतिवेदनले जेन–जी आन्दोलनका दुई दिनमा देशभर साढे ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको पुष्टि गरेको छ। २३ भदौको प्रदर्शन र २४ भदौमा देखिएको तोडफोड, आगजनी र लुटपाटका घटनाले सार्वजनिक तथा निजी क्षेत्र जोड्दा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति पुगेको निष्कर्ष प्रतिवेदनले प्रस्तुत गरेको छ। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठन भएको सरकारी अध्ययन समितिले बिहीबार प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा संयोजक पन्थले प्रतिवेदनको सारांश प्रस्तुत गरेका हुन्। समितिका अनुसार देशभर २ हजार १ सय ६८ सार्वजनिक निकाय,…
२५ मंसिर, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी प्रतिनिधिसँग बुधबार गरेको सम्झौता औचित्यहीन रहेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मी तथा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री स्वयं असंवैधानिक भएको दाबी गर्दै यस्तो ‘सम्झौतामा नाटक गरिएको’ आरोप लगाए। ओलीका अनुसार आफू सुरुदेखि नै सरकारलाई अस्वीकार गर्दै आएको हुँदा सरकारले के–कससँग सम्झौता ग¥यो भन्ने कुरा अर्थहीन छ। उनले भने, ‘उनीहरूको सबै गतिविधि अनधिकृत, अनुचित, असंवैधानिक, गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छन्। सरकारको व्यवहार यस्तो हुनुहुँदैन।’ अध्यक्ष ओलीले राष्ट्रपतिले सरकारलाई चुनावमाथि मात्र केन्द्रित हुने निर्देशन दिएको स्मरण गराउँदै, व्यक्तिगत रिस–इर्ष्याका आधारमा प्रतिष्ठान ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले…
२५ मंसिर, काठमाडौं — नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल रूपमा सिफारिस गरेको छ। डडेलधुरा कांग्रेसको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष) का उम्मेदवारका रूपमा देउवाको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो। त्यसैगरी, समानुपातिक तर्फ नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभा तर्फ भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए। सभापति देउवा डडेलधुराबाट आठौँ पटक प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न तयारी अवस्थामा छन्। यसअघि उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा डडेलधुराबाटै लगातार विजय हासिल गरेका छन्।