२४ मङ्सिर, झापा - प्रधानमन्त्री एवंं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, संगठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिस्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिएका हुन् । पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगत रूपमा उच्च नैतिकता कायम गनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, “हामी देशका लागि केही गर्छौँ, परिवर्तन गर्छौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठूला प्रयास गर्नुपर्छ ।…
२३ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताएका छन् । आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् । 'देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको,' उनले भने, 'अरूलाई बुरूक बुरूक्क उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई ।’ प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संकेत समेत गरे । केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा…
२२ मङ्सिर, काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गरेकि छन् । नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुकारुपमा टिकाटिप्पणी भइरहेको उनको भनाइ थियो । इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, ‘हामीले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन ।’ सो सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी भएको उनको भनाइ थियो ।…
२२ मङ्सिर, काठमाडौं - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै दाहालले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । एकथरि शक्तिमा यो माओवादी र कांग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय समहतिबाटै टुंगोमा शान्ति प्रक्रियाका बाँकी काम अन्तिम चरणमा पुगेको बताए ।
२२ मङ्सिर, चितवन - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर नहुने बताएका छन् । शनिबार चितवनमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने बताए । ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन,’ उनले भने । कोइरालाले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिए । एक फरक प्रसंगमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए । बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान भएको उनले बताए ।
२० मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् । चार दिने औपचारिक चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणका क्रममा ऋण सम्झौता नभएको बताएका हुन् । चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको ओलीको भनाइ थियो । ‘अस्तिदेखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ, छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत हामी छुट्टै…
२० मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका छन् । चीनको औपचारिक चार दिने भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताए । कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो । ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,' ओलीले भने, 'हाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ ।' निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस…
१८ मङ्सिर, काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटघाटका क्रममा उनीहरूबीच आपसी सहकार्य,दुई देशबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियो । भेटका क्रममा सीले प्रधानमन्त्री ओलीसँग नेपालको पछिल्लो राजनीतिक,आर्थिक र सामाजिक अवस्थाका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए ।
१८ मङ्सिर, काठमाडौं - नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । नेपाल-चीनबीच भएका सहमति र समझदारी * टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान * नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान * ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान * भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर * विकास योजनासम्बन्धी…
१४ मङ्सिर, स्याङ्जा - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । स्याङ्जाको मिर्मीमा आयोजित एक कार्यक्रममा उनले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरे । देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उनको दाबी थियो । 'यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन,' उनले भने, 'म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।' अझै…