४ साउन, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नै पार्टी नेतृत्वको सरकारलाई तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको सुझावपत्र बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले शुक्रबार दिएको सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू समेटिएका छन् । एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको…
१ साउन, काठमाडौं - समाजवादी मोर्चाले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारलाई 'पश्चगमनको यात्रा' भएको निष्कर्ष निकालेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गर्ने निर्णयसमेत गरेको छ । संविधान संशोधनको एजेण्डासहित कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने निष्कर्ष मोर्चाको छ । बैठकले समीक्षात्मक प्रतिवेदन लेखनका लागि चार सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा देव गुरुङ, खडगबहादुर विश्वकर्मा, प्रवेश हमाल र गंगानारायण श्रेष्ठ रहेका छन् । त्यस्तै बैठकले महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठलाई मोर्चामा आबद्ध गर्ने निर्णय गरेको छ ।
२८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । यो संगै दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ। दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए । तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका छन् । उनको विपक्षमा १९४ मत पर्यो । मत दिन्न भन्नेमा १ मत परेको थियो । प्रतिनिधि सभामा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत…
२८ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र बहादुर शाहीले भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई इंगित गर्दै सरकार ढल्नुको गलत भाष्य बनाउने प्रयास नगर्न आग्रह गरेका हुन्। गृहमन्त्री लामिछानेले सुशासन भन्ने गरेको तर काम भने नगरेको शाहीले बताए । 'अर्कालाई आरोप लगाउँदै गर्दा आफूले ऐना हेर्ने कि !,' उनले भने, 'गृहमन्त्रीले सुशासन भन्नुभयो । म त यस्तो मान्छे हुँ, तपाईंको सरकारको प्रतिपक्षमा हुँदा पनि गृहमन्त्रीले काम गर्नुभयो भने साथ दिन्छु…
२८ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासकोे मतको प्रस्तावमाथिको छलफलमा उनले रातारात व्यपाारीको घरमा भएको दुई दलबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताए । “सहमति हुन सक्ला तर राष्ट्रिय सहमति कदापि हुन सक्दैन,” उनले भने, “एकाएक रातारात राष्ट्र र संविधानको चिन्ता कसरी भयो ? देशमा संकटकाल लागेको छ ? कतैबाट हमला भएको थियो ?” मध्यरातिमा भएको सहमतिबारे कसैलाई जानकारी नगराएकोमा उनको आपत्ति छ । उनले संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो भन्ने तथ्य सहमतिपत्र आएपछि…
२८ असार, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सुशासनसँग सम्बन्धित विषयलाई सरकारले दृढ बनेर अघि बढाएपछि सरकार ढालिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा उनले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीलगायत सुशासनसँग सम्बन्धित विषय सरकारले अघि बढाउन थालेपछि आजको अवस्था आएको बताए । उनले कांग्रेस–एमालेबीच षड्यन्त्रपूर्ण ढंगले सहमति भएको पनि बताए । उनले दुई दलबीच भएको सहमतिलाई अहिलेसम्म सार्वजनिक नगरिएको विषयमा प्रश्न पनि गरे । उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन सरकारले प्रयास गरे पनि विभिन्न अवरोध खडा गरेर पूरा हुन नसकेको बताए ।…
२८ असार, काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गलत सूचना दिएको दाबी गरेको छ। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलमा भाग लिँदै एमाले सचिव योगेश भट्टराईले प्रचण्डले आक्रोश पोखेको बताएका हुन्। उनले भने,‘प्रधानमन्त्रीले सदनमा दिएको वक्तव्य सुन्दा आफू कहिले पनि रोस्टममा प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्किदैन कि भन्ने जस्तो मलाई महसुस भयो। माया पारेको जस्तो पनि मैले महसुस गरे। उहाँ प्रधानमन्त्रीको पदबाट बिदा भइरहँदा उहाँ संसदको सदस्य र पार्टीको नेता कायम नै हुनुहुन्छ। उहाँको जवाफदेहिता आजको मात्र हुँदैन। बाचुञ्जेल जवाफदेहिता बोक्नुपर्छ भनेर बोलेको भए हुने थियो।’…
२८ असार, काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था रहेको बताए । “के संविधान छुनै नहुने विषय हो । संविधान पाठ गर्नका लागि लेखिएको पुस्तक हो ? होइन । संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूको बारेमा १० वर्षपछि पुनरवलोकन गर भन्छ,” उनले भने । उनले संविधान आफैँले पुनरवलोकन गर्न भनेकोमा पश्चगमन हो भनी प्रश्न गरे । संविधानलाई थप समृद्ध गर्ने कुरा गलत नहुने उनको भनाइ छ । उनले जनताको…
२८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान नमिचेरै सरकार बनाउन अनुरोध गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले संसद् बचाउन कांग्रेससँग अनुरोध गरेका छन् । “म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला,” उनले भनेका छन्, “कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसदचाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।” पूर्णपाठ:…
२७ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । सरकारमा जाने/नजानेबारे निर्णय गरेका छैनौं ।’ उनले सरकारमा राप्रपा जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिमा भर पर्ने बताए ।