Epost Nepal

राजनीति

आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने माओवादी केन्द्रको निर्णय

आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने माओवादी केन्द्रको निर्णय

१५ साउन, काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 'आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो,' उनले भने । प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए । 'बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चामा विस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ,' उनको…
Read More
पदाधिकारी बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

पदाधिकारी बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१३ साउन, काठमाडौं - पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना बनाइरहेको बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताएका हुन् । 'पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ'  अध्यक्ष दाहालले भने । उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको धारणा राखे । '१८ महिना सरकारको नेतृत्व…
Read More
नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चेतावनी

नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चेतावनी

१२ साउन, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् । संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए । अध्यक्ष दाहालले त्यस्तो परिस्थितिमा आफू फेरि सडकमा पलेटी कसेर जनदबाव सिर्जना गर्न बाध्य हुने चेतावनी दिए । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यसविरुद्ध संघर्ष गर्ने बताए । दुई वटा ठूला पार्टीले गर्न…
Read More
सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाई

सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाई

११ साउन, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दाहालले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अब सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको अध्यक्ष दाहालले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए। उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिइएको सापकोटाले बताए । शुक्रबार पदाधिकारी बैठकमा ६…
Read More
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए पदबाट राजीनामा

६ साउन, काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।
Read More
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

६ साउन, काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । उनले बहुमत प्राप्त हुने आधार नभएका कारण मार्गप्रशस्त गर्ने बताएका हुन् । 'महत्वपूर्ण कुराहरू प्रदेश सभामा रेकर्डमा दर्ज गर्नुपर्छ भनेर बैठकको माग गरेको हुँ। तर पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अवस्था बनिसकेको अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउँदैन। त्यसकारण विश्वासको मत नलिने र अहिलेको समीकरण अनुसार सरकार गठनका लागि  मार्गप्रशस्त गरिदिने निर्णय गरेका छौं,' उनले भने । प्रदेश सभा बैठकअघि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट उनलाई राजीनामा दिन सुझाएको थियो ।
Read More
राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको हो : कांग्रेस सभापति शेरबहादुर देउवा

राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको हो : कांग्रेस सभापति शेरबहादुर देउवा

६ साउन, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलका क्रममा उनले देश विकासका निम्ति स्थिर सरकार बनाउन आवश्यक भएको बताए । सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरे । संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकामा उनले जोड दिए । संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने उनको भनाइ थियो । “संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ । यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी…
Read More
विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति

विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति

६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि १७ गते भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । 'हामी विचारमा प्रतिष्पर्धा गर्छौं । तर खास-खास समयमा कांग्रेस-एमालेबीचमा पनि सहकार्य भएको छ । अहिले पनि त्यसकै एउटा निरन्तरता हो,' प्रधानमन्त्री ओलीले भने, 'आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन र राजनीतिक स्थिरताका लागि हामीहरुबीच सहकार्य गर्ने सहमति भएको छ ।' प्रधानमन्त्री ओलीले सार्वजनिक…
Read More
देउवा र ओलीबीच गरिएको लिखित सहमति कार्यान्वयन हुनेमा कांग्रेसका महामन्त्री गगनकुमार थापाको संशय

देउवा र ओलीबीच गरिएको लिखित सहमति कार्यान्वयन हुनेमा कांग्रेसका महामन्त्री गगनकुमार थापाको संशय

५ साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । शनिवार जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको बताए । उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले…
Read More
नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाए: एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल

नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाए: एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल

५ साउन, काठमाडौं - एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा भुसालले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस—एमालेले घुस खान सिकेको र कांग्रेस - एमाले दुवै राजनीतिक दल मिलेर माओवादीलाई घुस खान सिकाएको उनले बताए । 'हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके, त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । कांग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ, उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ,' भुसालले भने, 'कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ, हामीले आफू जस्तै बनायौँ ।'…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search