२६ साउन, काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सक्षम र सबल बनाउन शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानिक विषयमा धारणा राख्दै दाहालले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 'विभिन्न कारणले हाम्रो वर्गसँग सम्बन्ध टुटेको छ। संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं । देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेका बेला पार्टी सबल हुनुपर्छ । त्यसका लागि शुद्धीकरण अभियान जरुरी छ,' अध्यक्ष दाहालको…
२६ साउन, काठमाडौँ - माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टीसम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले वर्तमान सरकार लामो समय नचल्ने बताएका हुन् । सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे । आफूहरूको प्राथमिकतामा सरकार नरहेको, तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो । ‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसदमा र बाहिर पनि…
२६ साउन, काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको प्रस्ट्याए । शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेबीचमा भएका विमतिका विषयवस्तुहरूलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ । एमाले हामीसँग कयौं कुरामा…
२३ साउन, काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको बताएका छन् । उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए । अध्यक्ष दाहालले भने, 'अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।'…
२३ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएका हुन् । संयोजक लेखकले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी…
२२ साउन, विराटनगर - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई दलाल पुँजीपतिहरूले भुलभुलैयामा पारेको बताएका छन् । दाहालले आफू, पदाधिकारी तथा कार्यकर्ताहरू दलाल पुँजीपति र विभिन्न गिरोहका कारण प्रदूषित भएको पनि स्वीकार गरे । विराटनगरमा मंगलबार बसेको माओवादी कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले दलाल पुँजीपति र विभिन्न गिरोहले पार्टीलाई भुलभुलैयामा पारेको भन्दै आत्मालोचना गरेका हुन् । ‘आफू प्रदूषित भएकोमा आत्मालोचना गर्छु । ममात्रै होइन, पदाधिकारी र तपाईंहरू पनि प्रदूषित हुनु भएको छ,’ उनले भने, ‘जनयुद्धका बेलाका हजारौं ‘होलटाइमर’ कार्यकर्तालाई व्यवस्थापन गर्न हामी प्रहर्षित भयौं । तर, दलाल पूँजीपतिहरूको भुलभुलैयाका कारण पार्टीमा समस्या भयो ।’ माओवादी…
२१ साउन, काठमाडौँ - नवनियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ । सुदूरपश्चिम यसपटक नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् । साझेदार दलहरुमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय भागबण्डा गरेका छन् । सबैको आकर्षण मानिने आर्थिक मामिला कांग्रेस…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले संविधानमा उल्लेख समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । नेता कोइरालाले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्न अत्यावश्यक भएको बताए । उनले भने, 'एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरुले बनाउन सक्नुपर्यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरुले बुझ्न जरुरी छ ।…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई भन्दा कामलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए । सत्तारुढ कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य शर्माले इतिहासमा बोली नभइ कर्म बिक्ने स्मरण गराए । कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको उनको जिकिर थियो । उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसद्मा ल्याएर पारित…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै मुलुकको नेतृत्व गर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई सबैको आस्था र निष्ठाको केन्द्र बनाउन आफू प्रतिबद्ध भएर लागेको बताए । महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताए । उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने भन्दै पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए । उनले भने, 'नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत…