२४ माघ, काठमाण्डौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै केसीले जनमोर्चाले संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न गरेको प्रयास असफल भएको भन्दै अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन्। उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए। ‘संघ भएपछि प्रदेश किन चाहियो। राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई…
२३ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु नहुने बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने पनि बताए। ‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन, कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक।’ केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए। ‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन। डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो। त्यसको सामना मैले पनि…
१९ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी हिउँदे अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य-मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको हो । बैठकले सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानूनहरु निर्माणमै चासो नदिएको निष्कर्ष निकाल्दै आगामी अधिवेशनमा बाँकी कानूनहरु निर्माण गर्न दबाब दिने गरी भूमिका निभाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार शुक्रबारको बैठकमा विगतका अधिवेशनको समीक्षा समेत भएको थियो । 'राष्ट्रिय स्वतन्त्र पार्टीले बिगतमा खेलेको भुमिकाको समिक्षा…
१३ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन । 'देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,' दाहालले भने । विभाजित भएर लक्ष्यमा पुग्न नसिकने उनको भनाइ थियो । माओवादी नेतृत्वको सशस्त्र संघर्षका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्ष जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।…
१२ माघ, काठमाण्डौं - सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर भएको निर्वाचनबाट बिहीबार राष्ट्रिय सभाका १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले दिएको मतका आधारमा सत्ता गठबन्धनका १८ र एमालेका एक सदस्य निर्वाचित भएका हुन् । राष्ट्रिय सभामा एक तिहाई सदस्यको दुई/दुई वर्षमा चुनाव गर्ने संवैधानिक व्यवस्थाअनुसार २० जनाको कार्यकाल २० फागुनमा सकिँदैछ । एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बिहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा ५९ सदस्यीय हुने संवैधानिक ब्यवस्था छ । बागमती प्रदेशमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ३/३ तथा कोशी, मधेश र लुम्बिनीमा २/२ जना राष्ट्रियसभा सदस्य…
१६ पौष, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् । मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाण्डौंमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको पनि बताएका छन् । ‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्यो। तथ्य यही हो कि देश बचाउने राजाले…
१५ पौष, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । कांग्रेसले तत्काल देखिने गरी काम गर्नुपर्ने र त्यसका आधारमा जनतासामु जानुपर्नेमा उनले जोड दिए । शनिबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले भने, 'अरुले मिसन-८४ चलाउँछन् त्यो उनीहरुको कुरा भयो । तर कांग्रेसले अहिले मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ । कांग्रेस जनताको जीवनप्रति जिम्मेवार हुनुपर्छ ।' वर्तमान सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भएको उल्लेख गर्दै उनले कांग्रेसका मन्त्रीले गरेका सकारात्मक कामको सूची पनि मागेका छन् । “सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भयो । कांग्रेसका प्रत्येक…
१४ पौष, भक्तपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याइदिने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले नै प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताएका हुन्। “प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि, प्रचण्डले राम्रो काम गर्न सक्नु भएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने,” उनले भने, “बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ ।” उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । बालकुमारीमा शुक्रबार भएको घटनाप्रति उनले दुःख व्यक्त गरे । “अहिले…
१३ पौष, हेटौंडा - हेटौँडामा बसेको सातै प्रदेशको मुख्यमन्त्रीको बैठकले गत असार १५-१६ मा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०८० असार १६ गते पोखरामा बसेको परिषद्को पहिलो बैठकबाट नेपालको संविधानको कार्यान्वयन प्रभावकारिता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकमा प्रवाह हुने सेवा एवम् विकासमा शीघ्रता एवं प्रभावकारिता ल्याउने लगायत निर्णय गरेको थियो । यस्तै, बैठकले गत असार १५ गते पोखरामै बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले पारित गरी प्रधानमन्त्रीसमक्ष पेस गरिएको १७ बुँदे साझापत्र कार्यान्वयनको अवस्था पनि कमजोर रहेको अनुभूति गर्दै शीघ्र कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने, प्रदेश तथा…
१२ पुष, काठमाण्डौं - सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको धारण ब्यक्त गरेका छन् । यस सँगै गुटका लागि काम गर्ने मन्त्रीहरूको ‘अपजस’को भारी आफूहरूले नबोक्ने उनीहरूको भनाइ छ । बैठकको पहिलो दिन बिहीबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने भनिएको थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू हिँडेका थिए । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा 'कांग्रेस छ र ?' भन्ने आशयबाट धारणा राखेका थिए । उनीहरूले कांग्रेस सत्तामा भए पनि 'के हो उपलब्धि' भन्दै प्रश्न गरे । उनीहरूले देशमा भ्रष्टचार बढेको,…