८ कात्तिक, काठमाडौं - नेकपा (एमाले)ले नेपालको सार्वभौम संसद्ले गठन गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको अवस्थामा छानबिन र अभियोजनको कामलाई नै प्रभावित गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संस्था र व्यक्तिहरूका तर्फबाट आवाञ्छित गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्तिमार्फत कानुनबमोजिम भइरहेको काम र त्यो काममा संलग्न अधिकारीहरूलाई बाधा पार्ने गरी रास्वपा र त्यसका नेताहरूले गैरकानुनी कार्यहरू गरिरहेकाले त्यसलाई रोक्न सरकारसँग आग्रह गरेका हुन् । 'राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसद्को सदस्य उपस्थित…
७ कात्तिक, काठमाडौं - प्रतिपक्ष दलहरूले कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार भेटेर कांग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगर सहितका नेताहरुले सरकारले दल फुटाउने अध्यादेश ल्याउने तयारी…
७ कात्तिक, काठमाडौं - नेपाली कांग्रेसले सहकारी ठगी र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा गरिरहेको प्रदर्शनको विरोध गरेको छ । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै रास्वपाका गतिविधिको आलोचना गरेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगीमा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेकामाथि सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । 'आरोपितमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ…
५ कात्तिक, कपिलवस्तु - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए । ‘आफ्नो बाहेकको अस्तित्व नदेख्नेले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर गएको संसारको इतिहास छ,’ उनले भने, ‘संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो ।’ विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए । तर, एकता भने नगर्ने उनले सुनाए । माओवादी र एमालेमा आफूहरू जान…
५ कात्तिक, हुम्ला - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा सोमबारदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, 'देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो ।' उनले वर्तमान सरकार आगामी चुनावसम्म टिक्नेसमेत दाबी गरेका थिए । उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताए । विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उनको भनाइ थियो ।…
४ कात्तिक, काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि चलिरहेको अनुसन्धान संसद्को समेत साझा सरोकार विषय भएकाले यसलाई सरकारविरुद्ध जोड्न नमिल्ने बताएका छन् । संसदीय छानबिन विशेष समितिले समेत औंल्याएको विषयमा सरकारी निकायले अनुसन्धान अघि बढाउँदा रास्वापाका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेपछि पोखरेले यस्तो धारणा राखेका हुन् । रास्वपाका सांसद समेत सहभागी भएको संसदीय समितिले लामिछाने तत्कालीन गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएका बेला सहकारीको रकम अपचलन गरेको निष्कर्ष निकालेको थियो । उक्त निष्कर्ष र पीडितहरूको उजुरी समेतको आधारमा प्रहरीले लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धान अघि बढाएको हो । एमालेको सचिवालय बैठकपछि महासचिव पोखरेलले लोकतन्त्रमा जनप्रतिनिधिमुलक संस्था…
४ कात्तिक, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाही अघि बढाएको बताएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले संसदीय समितिले बुझाएको प्रतिवेदनउपर सरकारले आवश्यक थप अनुसन्धानसँगै कारबाही अघि बढाएको बताएका हुन् । पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले सरकारले लामिछानेलाई प्रतिसोधका आधारमा पक्राउ गरेको आरोप लगाइरहेका बेला मन्त्री गुरुङले सरकारले सर्वदलीय संसदीय समितिको प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही थालिएको दाबी गरे ।
४ कात्तिक, कास्की - सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।
३ कात्तिक, चितवन - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगतमा पार्टी विभाजन गरेर अलग भएकाहरूलाई एकजुट बनाउनुपर्ने बताए । 'विप्लवजीको होस या अरु पनि माओवादी आन्दोलनबाट अलग भएका धाराहरू हामी एउटै स्कुलबाट, एउटै मूल प्रवाहबाट प्रवाहित भएका भंगालोहरू हौं । हामी सबै एकै ठाउँमा केन्द्रित हुनैपर्छ । इतिहासले, विज्ञानको निमयले पनि के भन्छ भने एउटै स्कुल र मूलप्रवाहबाट जन्मेका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि ती एकताबद्ध हुन्छन्,' दाहालले भने, 'तिनलाई एकताबद्ध गरिन्छ । अब समय आएको छ, हामीले २०८४ पुग्दासम्म…
२ कात्तिक, काठमाडौं - सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराएका हुन् । 'सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा…