मुकेश कुमार यादव सिराहा १६ असोज । पछिल्लो समय सिराहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व विभागले निरन्तर रूपमा ठुलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौँ प्रहरी परिचालित छन् तर सीमा क्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भए पनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा मात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरू बरामद गरेको छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न…
काठमाडौँ, १७ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोसी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…
धनगढी, १६ असोज । बझाङकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी एक महिला बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ४० वर्षीय गुनमति धामी टिमुर टिप्न जङ्गल गएकी थिइन्। उनी घर नफर्किएपछि खोजी गर्दा उनी रहेको भू–भागमा पहिरो गएको छ। धामीको अवस्था अज्ञात रहेको छ। भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उक्त क्षेत्रमा खोजीका लागि प्रहरी परिचालन गरिएको छ। मङ्गलवार दिउँसो ६ दशमलव ३ म्याग्निटिउडको भूकम्प गएको थियो। जिल्लामा भूकम्पका कारण १३ जना घाइते भएका छन्। बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ। जयपृथ्वी…
काठमाडौँ, १६ असोज । पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैँको शुभ साइत सार्वजनिक गरेको हो। घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख छ।
पर्सा, १६ असोज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीय कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो। उनको हत्या अभियोगमा स्थानीय तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन रहेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले…
काठमाडौँ । बाँकेको नेपालगन्जमा कर्फ्यु आदेश जारी भएको छ। दुई धार्मिक समुदायमाझ तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । २०८० असोज १६ गते मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ। पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुल हुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरूले स्ट्याटस पोस्ट गरेको विषयप्रति विरोध जनाउँदै मुस्लिम समुदायले र्याली निकालेको थियो। मङ्गलवार बिहान मुस्लिम…
याे वर्ष दिइने नोबेल पुरस्कारको विजेताहरूको घोषणा गरिएको छ । कोभिड १९ विरुद्धको खोप बनाउन प्रभावकारी भूमिका निर्वाह गरेका औषधि शास्त्र क्षेत्रका कैटालिन कारिको र ड्रु विसमेनलाई यो पुरस्कार दिन लागिएको आयोजकले जानकारी गराएको छ । स्मरण रहोस् सबैभन्दा पहिलो नोबेल पुरस्कार सन् १९०१मा एक्स रे को खोज गरेबापत विल्हेम रान्टगनलाई दिइएको थियो । सुरुमा यो पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, मनोविज्ञान, औषधि शास्त्र, साहित्य र शान्तिको क्षेत्रमा विशेष योगदान पुराएकाहरूलाई दिइन्थ्यो। सन् १९६८ पछि अर्थशास्त्रको क्षेत्रमा योगदान पराउने व्यक्तित्वलाई पनि दिन थालिएको हो ।
काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो । ‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’ प्रधानमन्त्री पुष्पकमल…
काठमाडौँ : इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न नसकिने व्याख्या गर्दै कानुनी रूपमा सम्बन्ध विच्छेद नभई अर्को विवाह गरे बहुविवाह हुने ठहर गर्दै पुरुषलाई सजाय समेत सुनाएको छ। २०७९ चैत २६ गते टङ्कबहादुर मोक्तान र हरि फुयाँलको संयुक्त इजलासबाट एक मुद्दामा फैसला आएको थियो। तर पुर्णपाठ हालै सार्वजनिक भएको हो। पूर्ण पाठमा इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदलाई प्रचलित नेपाल कानुनले मान्यता नदिएको र सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन…
नेपाल–चीन संयुक्त वक्तव्यमा नेपालको नक्साबारे कुरा नउठाइएकोमा नेकपा(मसाल)ले गम्भीर आलोचना गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले त्यस प्रकारको आलोचना गर्दै बिहीबार एक वक्तव्य जारी गर्नुभएको छ वक्तव्यको पाठ यस प्रकार छ – प्रेसवक्तव्यको पूर्ण पाठ : “प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्य प्रकाशित भएको छ । त्यो वक्तव्यका सन्दर्भमा सर्वप्रथम हामीले दुई ओटा कुरा उल्लेख गर्न चाहन्छौँ : प्रथम– त्यो वक्तव्यमा चीनको नयाँ प्रकाशित नक्सामा नेपालको भूमिलाई भारतमा देखाइएकोबारे नेपालले त्यसबारे कुरा उठाएको कुनै कुराको उल्लेख गरिएको छैन । प्रधानमन्त्री चीनमा जानुभन्दा पहिले हाम्रो पार्टीले जारी गरेको वक्तव्यमा पनि त्यो प्रश्नमा नेपालका प्रधानमन्त्रीले कुरा उठाउने सम्भावना…